न तिम्रो रूप छ…

 

 

लेखक_

रेशम बोहोरा “भाबुक”

IMG_0983

 

 

 

 

 

न तिम्रो रूप छ…

न तिम्रो रुप छ, न तिम्रो रंग छ
न तिमीमा खास छ, न तिमीमा सुवास छ ।
तर, किन नजिकिएँ म तिमीसँग
न बोल्छौ, न बोलाउँछौ
न सुन्छौ, न सुनाउँछौ ।
उहिलेदेखि अहिलेसम्म
एकोहोरो तिम्रै छेउतिर
भीख नपाएको भीखारी जस्तै
पर्खिरहेछु म ।
थाहा छैन, के को लागि
थाहा छैन, कस्को लागि
थाहा छैन, फेरी किन यो सब ?
तर, तिमीसँगको सामिप्यता
मेरै लागि ईष्या बन्दैछ ।
थाहा छ मलाई,
तिमी पर्खिएकी छौ
तर, मलाई हैन ।
थाहा छ मलाई
तिमी तड्पीएकी छौ
तर, मेरो लागि हैन ।
जव म तिमीलाई देख्छु
यो संसार रित्तो देख्छु
बाबा भूल्छु, आमा भूल्छु
मेरो लागि ज्यान दिने
मनले खाएकी प्रेमीका भूल्छु
किन भैरहेछ यो सब ?
ज्यान फाल्नेहरु पनि छन, मेरा लागि
तर म फेरी किन तिम्रा लागि
ज्यान फाल्दैछु ?
के छ तिमीमा त्यस्तो ?
न मान छ, न सम्मान छ
न इज्जत छ, न प्रतिष्ठा छ
तर….।
हुनत, उसभित्र पनि केही छैन तिम्रा लागि
तर, बाँच्न सक्दिनौं तिमी ऊ बिना
तिमी भित्र केही छैन मेरो लागि
तर, बाँच्न सक्दिन म तिमी बिना ?
म भित्र केही छैन अरुको लागि
तर, किन बाच्च्दैनन् उनीहरु म बिना ?
संसार यस्तै हो भनेर
किन बुझ्न सक्दैनन्, उनीहरु ?
किन बुझ्दिनौ तिमी ?
ए साँच्ची सरी है,
मैले पनि बुझ्न सकिन ।

 

 

 

Share Button

Comments

comments

Leave a Reply

You may have missed