Tue. May 21st, 2019

“रबि लामिछाने जिन्दावाद” बोलको गीत साँगीतिक बजारमा ।

1 min read

 

 

602437E4-1DA1-4C3E-83C0-4CB435C93644

“रबि लामिछाने जिन्दावाद” बोलको गीत साँगीतिक बजारमा ।

 

 

1B3A69CA-0F0C-4C62-B76C-CD6C4605CF84

 

 

 

 

Min Darlami, Chicago, USA.
 

मान्छे सबैको प्रिय हुनलाई राजनेता हुनु पर्दैन र न्याय दिलाउनलाई अड्डा अदालतको न्यायधिस र उच्च ओहोदाको प्रशासनिक ब्यक्ति र न्याय पालक प्रहरी हुन पनि पर्दैन भन्ने उदाहरण हुन न्युज24 टेलिभिजनमा “जनतासंग सिधा कुरा” कार्यक्रमका संचालक रबि लामीछाने । देश देखी बिदेश सम्म अन्यायमा परेका, बिदेशमा बेचिएका चेलीहरू उद्धार र बर्षौ देखी शोषक सामन्ती डाका फटाहा देखी प्रतापिड हुदै, दमन हुदै आएका र कानुनी रूपमा न्याय नपाएका पिडकहरूलाई न्याय दिलाउदै र पिडाको घाउमा मलहम लगाउने प्रयास गर्दै गर्दा जनताको वास्तविक आवाज रबिले बोली दिदा अत्तालिएका ब्यक्तिहरूले उनलाई फसाउन बिभिन्न जालझेल बुने पनि अन्तत् जनताको साथ र सहयोगले रबि लामीछानेको जीत भएको अर्थात दुखी गरिब र अन्यायमा परेका पिडकहरूको तिमी मुटु हौ, तिमीलाई जस्तै आपत बिपत परे पनि हामी जनता सधै तिम्रो साथमा छौ तिमी तिम्रो काममा अगाडी लम्की राख्नु भन्ने सन्देश सहित शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा सन्तोश बस्नेत र शम्भु कुँवरको गीत बजारमा आएको छ । 

F8B9B114-FBF1-4EDF-A698-94D98397CAE1

पछिल्लो समय सब्द सँकलनमा आफुलाई अब्बल बनाउदै गई रहेकी सन्ध्या के.सी.को कलमबाट प्रस्फुटित सब्दहरूमा गणेश अधिकारीको म्युजिक अनि चर्चित गायिका सान्तिश्री परियार र सन्तोश बस्नेतको स्वर रहेको गीत रबि लामीछाने जिन्दाबाद बोलको तीज गीतले सांगीतिक बजारमा १ लाख बराबर स्रोताहरूको मन चोरी सकेको छ । 

C453BB57-5D35-45FF-9BBB-89BDF3635915

जसले समाजमा राम्रो काम गर्दछ र जनताको मन जित्दछ उसको हौशला बढाउन कलाकारहरूले सबै जनताको प्रतिनिधित्व गर्दै गीत सँगीत मार्फत आफ्ना भावहरू ब्यक्त गर्ने गर्दछन । यसैक्रममा केही समय अगाडी गायक बसन्त लम्साल र गायिका सकुन्तला ढकालले पनि रबि लामीछाने बोलको तीज गीत बजारमा निकालेका थिए जसलाई यो न्युज तयार पार्दा सम्म ४ लाख ५० हजार भन्दा बढी स्रोताको नजर परी सकेको छ ।

84E3F78B-1A30-4DAE-9C9B-E55ABE4DE937

मालाश्री रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको यस “रबि लामीछाने जिन्दाबाद” गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन भने गितको भिडियोमा आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ । छायाँकन प्रकाश खड्का र सम्पादन मिलन बि.क.ले गरेका छन । गीतले ३ करोड नेपालीको मन जितोस लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको शुभ कामना । 

 

17EFAC49-8D96-47B9-B535-06AC84E1E53D

रबि लामीछाने जिन्दाबाद म्युजिक भिडियो । 

 

 

 

Leave a Reply