खेम सेन्चुरीको सब्द लय सँकलनमा रमेश परियारको लामपाते सुरती गीत सांगीतिक बजारमा ।

 

 

अमेरिकाको डि सी क्षेत्रलाई आफ्नो कर्मथलो बनाउदै आई रहेका गायक तथा सर्जक रमेश परियारले खाम की क्या हो लामपाते सुरती लाम की क्या हो जुग जाने पिरती भन्दै सांगीतिक बजारमा आफ्नो नया कोशेली लिएर आएका छन । प्रवासी जिवन भए पनि छोटो समयलाई जन्मभुमी स्वदेश गएको मौका छोपी आफ्नो पुरानो गायन यात्रालाई निरन्तरता दिएका छन ।

पुरानो शैलीको र पुरानै चलन चल्तीको सब्दलाई मुख्य बिषय बस्तु बनाएर चर्चित गायक तथा सर्जक खेम सेन्चुरीले सब्द अनि सँगीत सँकलन गरेका छन । यस “लामपाते सुरती” बोलको गीतमा गायक रमेश परियार र मन्जु पुन मगरको स्वर रहेको छ । 

संस्कृति म्युजिक प्रा.लि.ले बजार ब्यबस्थापन गरेको यस गीतको म्युजिक भिडियोलाई शँकर बि सीले निर्देशन गरेका छन भने भिडियोमा रिना थापा मगर र शँकर बि सीले नृत्य अनि अभिनय गरेका छन । भिडियो छायाँकन दुर्गा पौडेलको छ भने सम्पादन नबिन घर्ती मगरले गरेका छन । गीतको म्युजिक भिडियोलाई खेम सेन्चुरीको युट्युब च्यानल मार्फत युट्युब बजारमा पठाईको छ । 

गायक रमेश परियारको “लामपाते सुरती” बोलको गीतको सफलताको लागि लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना । 

https://www.youtube.com/user/mindarlami31

हाम्रो युट्युब च्यानललाई LIKE, SHARE & SUBSCRIBE गर्नलाई नभुल्नु होला ।

 

लामपाते सुरती गीतको म्युजिक भिडियो ।

Share Button

Comments

comments

Leave a Reply

You may have missed