बरिष्ठ सर्जक रमेश बि जीको सब्द सँगीतमा डोलराज परियारको कारूणिक गीत “बुवा”

 

MIN DARLAMI, CHICAGO, USA.

हाम्रो समाज जातभात र छुवाछुत संस्कार यसरी गजडिएको छ की जसलाई हटाउन सायद सदियौ लाग्ने छ । त्यही भित्रको एथार्थ घट्ना श्रब्य दृश्य भित्र प्रष्ट देखाईएको छ । बाबाले सिलाई कटाईको काम गरेर छोरा पढाए हुर्काए र त्यसै बेला लागेको रिन तिर्नको लागि छोरा मुग्लान पसेको घट्नालाई कारूणिक रूपमा प्रस्तुत गरिएको छ । 

बरिष्ठ सर्जक रमेश बि जीका मन छुने सब्दहरूले सुन्ने जो कोहीलाई फर्किएर तिनै पुराना दिनहरूलाई झझल्काउने गर्दछ । नयाँ पुस्ताका गायक डोलराज परियारको सुरिलो आवाजले रमेश बि जीको सब्दलाई साँध भरेको छ । 

छायाँकन राजेश घिमिरे र सम्पादन बिस्नु शर्मा रहेको यस गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छ भने गीतको भिडियोमा अभिनय गर्नेहरू पनि स्वयम् बाबा मान बहादुर परियार र आमा कौशिला परियार अनि साथमा छोरा डोलराज परियार नै रहेका छन । यस गीतको म्युजिक भिडियोलाई डोलराज परियारले आफ्नै युट्युब च्यानलबाट बजारमा पठाएका छन । 

गीत एथार्थ घट्नासंग मेल खान्छ समग्रमा गीत राम्रो बनेको छ । त्यसैले गीतको सफलताको लागि लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको शुभ कामना । 

डोलराज परियारको मर्मस्पर्शी  गीत “बुवा” म्युजिक भिडियो ।

Share Button

Comments

comments

Leave a Reply

You may have missed