Tue. May 21st, 2019

आन्माको फिजीकल मिटिँग केन्टकीको लेक्सिँटनमा सम्पन्न ।

1 min read

 

 

Min Darlami, USA. अप्रिल २० सनिबार अमेरिका । संस्थाका महासचिव डा. दिवाकर दाहालले सन्चालन र अध्यक्ष बालाराम पन्थीको अध्यक्षतामा आन्नाको फिजिकल मिटिंग केन्टकीको लेक्सिँटनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिभिन्न ठाउबाट आउनु भएका प्रतिनिधिहरू बरिष्ठ उपाध्यक्ष तिलक के.सी. उपाध्यक्ष बिष्णु न्यौपाने, सचिब खेम पाठक लगायत बोर्ड अफ डाईरेक्टर र फाउण्डिंग मेम्वर डा. शोहन खतिवडा पुर्ब अध्यक्षहरू गौरी अधिकारी, राजेन्द्र खतिवडा, सुशिल शर्मा र बाला घिमिरे लगायत स्थानिय बुद्धजिबीहरूको उपस्थिती रहेको थियो ।

उक्त मिटिँगमा आगामी दिनमा हुन गई रहेको नेशनल जोईण्ड कन्भेन्शनमा के के गर्ने ? कसरी अगाडी बढ्ने र कसरी भब्य रूपमा सम्पन्न गर्ने बिषयमा गहन छलफल भएको थियो ।

 

 

उक्त कार्क्रममा निकट भबिश्यमा हुन गई रहेको एनआरएनको निर्वाचनमा कसरी सहयोग गर्न सकिन्छ र यस आन्माका निबर्तमान अध्यक्ष बाला घिमिरेलाई NRNA NCC USA को उपाध्यक्षमा र आन्माका बर्तमान बरिष्ठ उपाध्यक्ष तिलक के.सीलाई BOARD OF DIRECTOR मा कसरी बिजय गराउन सकिन्छ र आफ्नो सस्थाका ब्यक्तिहरूलाई पनि NRNA मा कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्ने बारेमा गहन छलफल र सबैले सक्दो सहयोग अनि प्रचार प्रसार गर्ने निर्णय पनि भएको थियो ।

सोही कार्यक्रममा NRNA का प्रत्यासी बाला घिमिरेले र तिलक के.सी. ले NRNA मा बिजय भएर गए पछी आफ्नो तर्फबाट के के गर्न सकिन्छ, के के गर्ने प्रयास गर्ने छु, एनआरएनलाई कसरी सरल सहज र हामी सबै प्रवासी अमेरिकी नेपालीहरूको साझा एनआरएन बनाउन सकिन्छ त्यसबारेमा पहल गर्ने र गराउने दृढता ब्यक्त गर्नु भएको थियो ।

सोही फिजिकल मिटिँगमा उपस्थित हुनु भएका सम्पुर्ण पदाधिकारीहरूलाई बोर्ड अफ डाईरेक्टर बुद्धी ज्ञावलीको परिवारले खानाको सौजन्य गरेको थियो ।

Leave a Reply