Tue. May 21st, 2019

एनआरएनको बुझ-बुझारत कार्यभार हस्तान्तरण कार्यक्रम जुलाईमा सिकागोमा हुने, होटल समेत फिक्स ।

1 min read

 

Min Darlami, Chicago USA.  April-28

प्रवासी नेपालीहरूको साझा संस्था एनआरएन अमेरिकाको महाभुकम्पिए चुनाबको रडाको मच्ची रहेको छ । आ-आफ्ना प्यानल, आ-पार्टीका समर्थक उम्मेदवारहरूले सोशल मिडिया मार्फत प्रतार प्रसार, तछाड मछाड, त भन्दा म बलवान, म यो गर्नेछु त्यो गर्नेछु भनेर बचन बद्धता जाहेर गर्ने होडबाजी नै चलेको छ । वास्तवमा संस्था राजनैतिक पार्टी समर्थक नभई ब्यक्ति बिशेषमा हुनु पर्ने थियो तर प्रवासका सामाजिक संस्था पनि राजनैतिक पहुँच र आफ्नो बडप्पन देखाउने मैदान भएकोले सडयन्त्र, घात-प्रतिघात, आफ्नाले आफ्नैलाई हराउने सम्मका सडयन्त्रमा तल्लिन छन ।
एनआरएनका नेताहरूमा नेपालको भन्दा पनि खराब साँडे जुधाई राजनिति चली रहेको छ ।

 

 

 

३०० देखी ३५० जना बराबरको क्षमता भएको शेराटन होटेलको त्यो हलमा कार्यक्रम गर्ने मन्च सहित ३५० भन्दा बढी ब्यक्तीहरूको उपस्थिति भयो र मान्छे अटेनन् भने त्यो बेलामा आयोजकले के गर्ने ?

 

 

 

एनआरएनको बुझ-बुझारत कार्यभार हस्तान्तरण कार्यक्रम सिकागो शहरमा हुने पक्का भएको छ । जानकारीमा आए अनुसार उक्त कार्यक्रम सम्पन्न गर्नको लागि होटल समेत अन्तिम टुँगो लागेको छ । यही मे १८ र १९ मा हुन गई रहेको चुनाबमा आफुले क्रेडिट लिने महत्वकाँक्षा बढी भएकोले विस्कान्सिन च्याप्टर अध्यक्ष बुद्धि सुबेदीले हतार हतारमा होटल फिक्स गरेको जानकारीमा आएको छ । सुबेदी एनआरएन चुनाबका उपाध्यक्ष पदका बलियो प्रतिस्पर्धी बाला घिमिरेको बिरूद्धमा चुनाबी मैदानमा होमिएका प्रत्यासी पनि हुन ।

 

 

प्रश्न कहा निर उठ्दछ भने यदी मे १८ र १९ मा चुनाब भएन र समय केही पछाडी सर्यो भने सिकागोको शेराटन होटेलमा गरेको सम्झौता बापतको लाग्ने रकम कसले ब्यहोर्ने भन्ने पनि हो । हालको परिस्थितिलाई हेर्दै गर्दा कारणबश चुनाबको मिति सर्यो भने हामी जनताको पैसामा नाँगो नाँच गर्ने, जनताको पैसामा खेलवाड गर्नेलाई हामी जनताले के के गर्ने भन्ने प्रश्न चिन्ह खडा गराउने सम्भावना देखिन्छ ।

 

 

निर्बाचन पछी चुनिएर आउनेले बुझ्ने र बिदा हुनेले बुझाउने अर्थात बुझ-बुझारतको कार्यक्रम भएकोले पनि पुर्ब पदाधिकारीहरू र निर्बाचन पश्चात चुनिएर आउने पदाधिकारीहरू लगायत उनीहरूका परिवार समेत कार्यक्रममा उपस्थित रहने हुदा त्यस हलको क्षमता ३०० देखी ३५० सम्म मात्रै धान्ने भएकोले त्यो भन्दा बढी जनसहभागिता भए के गर्ने भन्ने पनि प्रश्न गाईगुई उठ्न थालेको छ । खाना खाने हल भने एउटा नअटे अर्को हल गरी दुई वटा हल दिने भन्ने सम्झौता भएको छ भन्ने लेकबेशी म्युजिक डट कमलाई जानकारी प्राप्त भएको छ ।

 

वास्तवमा एनआरएन यस्तो संस्था हो जहा सदस्यबाट उठेको रकम जसरी तसरी कुम्ल्याएर ढुकुटी खाली गरे पनि जनताको आवाजको कुनै महत्व नहुने गर्दछ । उदाहरण २००९ र १० तिर सदस्यता वापत उठेको झण्डै एक लाख डलर चुनाब नै नगरी झ्वाम पारेका थिए ।
कार्यक्रममा धेरै मान्छेको उपस्थिति भएर अट्याउनै नसकेर आयोजकलाई कसैले गाली पनि नगरोस र सिमित संख्याको हलमा पनि मान्छेको उपस्थिति नभएर खाली खाली र महा-खल्लो पनि नहोस अनि सिकागोबासी नेपालीहरूबाट पनि साथ र सहयोग लिन सकोस लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना ।

Leave a Reply