जन्मदिनमा नयाँगीतको एरेञ्ज थाल्दै चर्चित लोक गायक बद्री पंगेनी

नेपाली लोक तथा दोहोरीको क्षेत्रमा निरन्तर सक्रय र सफल गायक हुन बद्री पंगेनी । आज असार १६,उनै पंगेनीको जन्मदिन …

Share Button

badri2नेपाली लोक तथा दोहोरीको क्षेत्रमा निरन्तर सक्रय र सफल गायक हुन बद्री पंगेनी । आज असार १६,उनै पंगेनीको जन्मदिन ।

‘देश दुखिरहेको बेला खुशि मनाउँ गर्नै सक्दिन त्यसैले आज फोन मेसेज मार्फत आएका शुभकामना सन्देश लिदै बसेको छु’ नेपालीकला सँग कुरा गर्दै पंगेनीले भने ‘आजको यो विशेष दिन नयाँ गीतको थालनी गर्दैछु , गीतकार तथा संगीतकार एकनारायण भण्डारी अनि ऐरेञ्जर बिनोद बाजुरालीसँग बसेर नयाँ गीतको ऐरेञ्ज शुभारम्भ गर्ने योजना छ ।’

पहिलाका जस्तै यो गीतमा पनि मौलिक लय र माया प्रेमका आरोह अवरोह समेटिएको उनले जानकारि दिए । सर्जक एकनारायण भण्डारीसँगको यो लगातार तेस्रो सहकार्य हुनेछ बद्री पंगेनीको ।
पाल्पाको सामान्य परिवारमा जन्मिएका बद्री अहिले लोक संगीतमा स्थापित छन् ।

लामो संघर्ष र मेहेनतकै कारण उनि सर्वप्रिय छन् । गायन सँगै राजनितिक चेतना, आकर्षक व्यक्तित्व, सामाजिक सक्रयताका कारण पनि उनको छुट्टै उचाइ छ ।
प्रिय गायक बद्री पंगेनीलाई जन्मदिनको शुभकामना !!!

हेर्नुहोस उनको पछिल्लो हिट गीत रातो पछ्यौरी :

Share Button

Comments

comments

Leave a Reply

You may have missed