आदरणीय ब्यक्तित्व टुक बहादुर के.सी.का सृजना…

image

आदरणिय ब्यक्तित्व श्री टुक बहादुर के.सी. ज्यु का सृजनाहरू जस्ताको तस्तै पहिलो पटक लेकबेशी म्युजिकमा ।

 

 

=१=

 

 

तिमी कस्ती बेईमानी
धेरै गरेऊ मनमानी
पोहोर देऊघाट भेटेको
कति छिटो बिर्सेको ।

पोहोरै भनेथें मानिनौं
मौका गयो जानिनौं
मँ भने त्यस्तो होईननी
अरू जस्तो छैननी ।

मँ त अझै यही छु
तिमलाइ सम्झी बस्या छु
अब त मनमा के खोलन
नशर्माई सबै थोक बोलन ।

 

 
=२=

 
तिम्रो चित्र कोर्दै छु
फूलको रङ्ग भोर्दै छु
साराका सारा संसारका रङ्ग
तिम्रो चित्रमा जोर्दै छु ।

मैं पो रित्तो भएछु
कला विहीन बनेछु
सबै रङ्ग तिमीलाई दिएर हेर्दा
अांफै रङ्गहीन बनेछु ।

Share Button

Comments

comments

Leave a Reply

You may have missed