Mon. Dec 16th, 2019

गायक प्रेम कुमार बस्नेतको साँगितिक क्षेत्रमा पुनरागमन हुने

1 min read

 

मिन दर्लामी सिकागो, अमेरिका, mindarlami31@gmail.com

 

गीत सँगीतको क्षेत्रमा बिभिन्न क्षेत्रबाट आफ्नो क्षमता अनुसार IMG_2358साँगितिक फाँटमा आफ्नो पहिचान बनाएका हुन्छन । आफ्नो अलग्गै पहिचान हुदा हुदै पनि कोही सर्जक र गायकहरू बिविध कारणले गीत सँगीतबाट पलाएन भएका हुन्छन । कसैका पारिवारिक समस्या,कसैका आफ्नै बाध्यता र कोही मुग्लानी भए पछी यो साँगितिक फाँटबाट आफु र आफ्नो क्षमतालाई ओझेलमा पारेका हुन्छन र सुन्दर सँसारमा रमाई रहेका हुन्छन । कसैले चाहादा चाहदै पनि आफ्नो साँगितक यात्रालाई पुर्ण बिराम जस्तै गराएका हुन्छन । कसैले गीत सँगीतलाई निरन्तरता दिई रहेका हुन्छन । तिनै कलाकारहरूको भिडको एउटा कलाकार, गायक, सर्जक हो प्रेम कुमार बस्नेत । आजको लेकबेशी म्युजिकले IMG_2363खोजी गरेको छ प्रेम कुमारको बिगतलाई र बर्तमानलाई । जुन बेला प्रतिस्पर्धाको बजार र क्यासेट उत्पादन गर्ने कम्पनिहरूको आँगन र ढोका धेरै पटक घच-घचाउनु पर्दथ्यो त्यो समयमा त्यो बेलाको चर्चित लोक दोहोरीगीत “बुटवल पोखरा दाहिने हात समाई देउ मेरो को छर” बजारमा ल्याएर राम्रै नाम र दाम कमाउन सफल भएका थिए । जसमा बरिष्ठ गायिका बिमा कुमारी दुरा, सागर बोहोरा र प्रेम कुमार बस्नेतको स्वर थियो र गीतले सुन्ने स्रोताहरूको मन जित्न सफल भएको थियो । जुन गीतमा पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु पारेर अर्थात बुटवल र पोखरालाई जोडेर माया प्रितीका कुरामा सधै अरूको मात्रै IMG_2364जोडी देखिन्छ, आफ्नो कोही नभए जस्तो लाग्छ, त्यसैले यो चर्किएको दिल सम्हाल्ने तिमी हौ, मेरो यो सँसारमा तिमी मात्रै छौ, त्यसैले मेरो हात समाएर मेरो लागी सहारा बनी देउ भनेर मर्मस्पर्शी सब्द र सुरिलो आवाजमा पश्चिम क्षेत्र, मध्य पश्चिम र त्यसको वरपरका छिमेकीहरूको मन जित्न सफल भएको थियो । तिनै सर्जक र गायक प्रेम कुमार बस्नेतले “तम्घास खानी गाउ रेसुँगा डाडैमा सँगै घुम्न जाउ” बोलको आफ्नै जिल्लालाई बयान गरेर आफ्नी मायालुलाई रमणिय, सुन्दर प्रर्यटकीय क्षेत्र रेसुँगामा सँगै घुम्न जाउ भनेर लोक गीतको सब्द मार्फत मायालुलाई झटारो हानी जालमा पारेका थिए । तिनै गायक प्रेम कुमार बस्नेत “पाल्पा घुम्न जाउ” बोलको उत्कृष्ट गीत पनि बजार पठाए तर तत्पश्चात उनी कहा IMG_2362छन ? के गर्दैछन ? कसैलाई पत्तै भएन । यो पँतिकारले खोज्ने प्रयास धेरै गर्यो तर सम्भब भएन । लामो समयको गुमनाम पश्चात सर्जक गायक प्रेम कुमार बस्नेतलाई लेकबेशी म्युजिकले सपरिवार जापानमा भएको जानकारी पाए पछी केही जिज्ञासा सहित केही कुराकानी गर्न सफल भएको थियौ । “बुटवल पोखरा” गीतलाई बजारमा ल्याउने प्रेम कुमार बस्नेत र सोही गीतमा आफ्नो सुमधुर आवाजले साथ दिने चर्चित दोहोरी गायक सागर बोहोरा बिरामी भई काठमाण्डौको ग्राण्डी हस्पिटलमा उपचार हुदै गरेको सन्दर्भ पारेर कुरा गर्दै गर्दा उनले आफ्नो तर्फबाट गर्न सकेको सहयोग गरेको र सागर बोहोरा उपचार अभियानलाई IMG_2365पनि मेरो साथ र सहयोग छ । गायक सागर बोहोराको छिट्टै स्वास्थ्य लाभ होस भनेर आफ्नो मायाको भाव  ब्यक्त गरे । साथै लेकबेशी म्युजिकले के अब यो साँगितक क्षेत्रमा, गीत सँगीतका पारखीहरूले फेरी देख्न र गीतहरू सुन्न पाउन्नन् भन्ने जिज्ञासामा प्रेम कुमार बस्नेतले अब छिट्टै नै मैले पनि आफ्नो लोक दोहोरीगीतको सृजना लिएर साँगितिक फाँटमा पुनरागमन गर्नेछु भन्दै लेकबेशी म्युजिकलाई जानकारी गराए । त्यसैले हिजोको प्रतिस्पर्धात्मक बजारमा पनि जसरी बुटवल पोखरा हिट लोक दोहोरी गीत भयो अब आउने प्रेम कुमार बस्नेतको गीतले पनि दर्शक स्रोताको मन जित्न सफल होस लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको शुभ कामना ।

 

लेकबेशी म्युजिक डट कमको काम र कर्तब्य पुराना र नयाँ कलाकारहरू को कहा छन र के के गर्दैछन खोजी अभियान ।

Leave a Reply