Mon. Oct 21st, 2019

गायक प्रसाद खप्तरी मगरको सम्क्षिप्त चिनारी ।

1 min read
Love to Share :

 

मिन दर्लामी, सिकागो, अमेरिका । mindarlami31@gmail.com

IMG_2369आजको लेकबेशी बिशेषमा बाबा तिलक बहादुर खप्तरी मगर र आमा पुर्णकला खप्तरी मगरको खोखबाट जन्मिएका पछिल्लो पुस्ताका तर पुराना मौलिक गीतहरू र अहिलेका चलन चल्तीका गीतहरू गाउनलाई खप्पिस र आफ्नो अलग्गै आवाजले दर्शक स्रोताको मन जित्न सफल गायक प्रसाद खप्तरी मगरका बारेमा लेकबेशी म्युजिक डट कमको आँगनीमा उनको बाल्यकाल देखी साँगितीक यात्राको बारेमा सम्क्षिप्त जानकारी ।
गायक प्रसादको बाबा प्रा.बि. स्कुलको हेडमास्टर (प्रधानाध्यापक) IMG_2378हुनु हुन्छ । उनको एक दिदी र एक भाई छन । उनी घरका जेठो छोरो र खप्तरी परिवारको दोस्रो सन्तान हुन । गायक प्रसाद गुल्मी जिल्लाको लिम्घा गा.बि.स.को वार्ड न ६ काफलडाँडा गाउमा जन्मिएका हुन । उनको बाल्यकालको स्कुल सत्यवती प्रा.वि.मा बित्यो । उनले सरस्वती मा.वि. बाट (S.L.C), पास गरे । तम्घास टेक्नीकल इन्टिच्युट (C.M.A), पास गरे । पद्म पव्लिक नमुना उ.मा.वि. पाल्पाबाट(+2), पास गरे र पि.एन. क्याम्पस पोखराबाट (bachelor) पनि पास गरेका छन ।

IMG_2371प्रसाद खप्तरी मगरको सानै बाल्यकाल देखी नै गीत गाउने बानी थियो । गाउघरमा बाबा आमा र आफन्तसंग भोज भतेर पुजा आजामा झ्याऊरे बस्ने सोरठी नाच्ने गाउने अनि स्कुल क्याम्पस र क्लबका कार्यक्रममा सधै सहभागी हुने गर्दथे । त्यै पनि औपचारिक रुपमा २०७९ मा पोखराको गाउशहर दोहोरी साँझबाट गाउने यात्रा सुरू गरेका हुन । खप्तरीले पहिलो गीत भने २०७० मा रेकर्ड गराएका थिए । त्यस पश्चात प्रसाद खप्तरी मगर देशका बिभिन्न गाउपाखा र शहरमा हुने मेला IMG_2372महोत्सबमा र विदेशमा हङकङ, यु.के., ईन्डिया, लगायतका देशहरूमा आफ्नो कला र गलाको जादु देखाएका छन । उनले करिब २५/२६ वटा गीतमा आफ्नो आवाज रेकर्ड गराई सकेका छन । विशेष गरी खप्तरीले मौलिक गीतहरुलाई नै आफ्नो प्राथमिकतामा राखेका छन । केही समय अगाडी आफ्नै आमा पुर्णकला खप्तरी मगर र छोरा प्रसाद खप्तरी मगर बिच गाईएको सालै गीत सबैको लागी चर्चाको बिषय बनेको थियो जुन गीतलाई भिडियो शुटिँग युनिटलाई आफ्नै गाउघरमा लगेर श्रब्य दृश्य तयार पारेका थिए । यिनै गायक प्रसाद खप्तरी मगर द्वारा स्वर बद्ध भएका गीतहरू यस प्रकार छन ।

 

क्रमश:

१- हेर्नै हुन्न मैले
स्वर- प्रसाद खप्तरी मगर र देवी घर्ति
लय/शव्द- सन्जय पुन मगर

२- शिरफुल एल्बम- सालैजो, सोरठी र दोहोरी संग्रह (यसमा ६ वटा गीत समाबेश गरीएको छ)
स्वर- प्रसाद खप्तरी मगर, जुना श्रीस मगर, देवि घर्ति मगर, टिका खप्तरी मगर , पुर्णकला खप्तरी मगर र साथीहरु..
लय/शब्द- प्रसाद खप्तरी मगर

IMG_2027
३- शंका- अन्त माया बाचुन्जेल
स्वर- प्रसाद खप्तरी मगर र विष्णु माझी
लय/शब्द- राज कुमार बगर

४- लजाउने माया
स्वर- प्रसाद खप्तरी मगर र सन्जु थापा मगर
लय/शब्द- प्रसाद खप्तरी मगर

५- फुलबुट्टे साडी
स्वर- प्रसाद खप्तरी मगर, देवि घर्ति, सन्जु थापा मगर
लय/शब्द- प्रसाद खप्तरी मगर

६- जुनलाई नगने (सालैजो) (आमा छोराको)
स्वर- प्रसाद खप्तरी मगर (छोरा) र पुर्णकला खप्तरी मगर (आमा)
लय/शब्द- प्रसाद खप्तरी मगर

IMG_2376

७- भार्सेली मौलिक लोकगीती संग्रह (सोरठी, सालैजो, ठाडो भाका र झ्याउरे) यसमा ७ वटा गीत समाबेश गरीएको छ ।
स्वर-प्रसाद खप्तरी मगर, देवि घर्ति, जुना श्रीस, सन्जु थापा मगर, श्री बुढाथोकी
लय/शब्द-प्रसाद खप्तरी मगर

८- दर्शन- बल्ल दर्शन पाएं
स्वर- प्रसाद खप्तरी मगर र सन्जु थापा मगर
लय/शब्द- प्रसाद खप्तरी मगर

९- खुर्पेटोमा आंशी
स्वर-प्रसाद खप्तरी मगर र देवी घर्ति मगर
लय/शब्द- बसन्त थापा

लगायत आधा दर्जन भन्दा बढी अरू सर्जकका गीतहरूमा पनि प्रसाद खप्तरी मगरले आफ्नो जादुमय स्वर दिएका छन ।

IMG_2042प्रसादलाई कस्को प्रेरणामा यो गीत सँगीतको क्षेत्रमा लाग्नु भयो भन्दा बिशेषत आफ्नै घर परिवार गाउ, समाज, अग्रज, शिव थापा मगर र मनसुधन थापा दाजु र रोताहरुको माया र सहयोगले आज साँगितिक क्षेत्रमा यहाँ सम्म ल्याएको छ भनेर माया गर्ने दर्शक स्रोता र अग्रजहरूलाई धन्यबाद पनि भनेका छन ।

साथै यसै क्रममा गायक प्रसाद खप्तरी मगरले हालै अर्को उत्कृष्ट IMG_2368मौलिक लोक दोहोरी गीत “खुर्पेटोमा आँसी” बजारमा ल्याएका छन । सोही गीतको म्युजिक भिडियोमा आफैले नायिका रन्जिता गुरूँगसंग उत्कृष्ट अभिनय र नृत्य गरेर दर्शक स्रोताको तन मन र नजर आफु तिरै तान्ने कोशिस गरेका छन । खुर्पेटोमा आँसी बोलको गीतमा देबी घर्ती मगर र प्रसाद खप्तरी मगरको सुमधुर आवाज रहेको छ । यस गीतको लय तथा शब्द चर्चित सर्जक तथा गायक बसन्त थापाले सृजना गरेका हुन । माया प्रेमका बारेमा शब्द कोरेर गीत मार्फत ब्यक्त गरीएको यस गीतको म्युजिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन । दुर्गा पौडेलको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन । गीतको श्रब्य दृश्य एकता फिल्मसले निर्माण गरेको हो ।
IMG_2377प्रसाद खप्तरी मगर द्वारा गाइएका मौलिक गीतहरू र चलन चल्तीका सम्पुर्ण गीतहरू उत्कृष्ट नै छन । त्यसैले प्रसादले गाउने गीतले गाउबस्ती र शहरमा बस्ने स्रोताको मन मुटुमा बास गरोस, माया र साथ मिलोस, आगामी दिनमा अझै उत्कृष्ट ऐतिहासिक गीतहरू गाएर स्रोता र दर्शकको मन जित्नु लेकबेशी म्युजिक डट कमको तर्फबाट सफल साँगितिक यात्राको शुभ कामना छ ।

 

 

WWW.LEKBESIMUSIC.COM

Love to Share :

1 thought on “गायक प्रसाद खप्तरी मगरको सम्क्षिप्त चिनारी ।

Leave a Reply