Mon. Jul 22nd, 2019

गीतकार सर्जक नारायण कँडेलका उत्कृष्ट सृजनाहरू

1 min read
Love to Share :

 

 

मिन दर्लामी, सिकागो, अमेरिका । mindarlami31@gmail.com

सुन्दर अनि रमणिय स्थल आफ्नै गाउ पाखा पखेरा खोला नाला
IMG_2509पँधेरी,आफ्नै घरको छानो आफु सानै देखी सुतेको बिस्तारा कस्लाई रहर छ र छोडेर प्रदेशी हुनलाई । प्रदेशी हुनुको आफ्नै पिडा छ आफ्नै वाध्यता र बिवसता छ । नेपाली माटोबाट प्रत्येक दिन हजारौ युवाहरूले बिदेश तिर आफ्नो परिश्रम बेच्नको लागी यात्रा गरेका हुन्छन । प्रदेशमा कसैको यात्रा सुखम हुन्छ भने कसैको यात्रा दुखदायी नै हुन्छ । यसै क्रममा बाग्लुङ जिल्ला बिहुँकोट वार्ड न. ९ करलिम घर भएका बाबा गौरीश्वर र आमा लिलावती कँडेलका छोरा हाल सपरिवार जापानमा ५ बर्ष देखी बस्दै आएका र IMG_2514आफ्नै होटल ब्याबसाय पनि गरी रहेका साथै प्रदेशमा बसेर पनि नेपाली गीत सँगीतलाई माया गर्ने गीतकार नारायण कँडेलले सृजना गरेका मर्मस्पर्शी, मार्मिक, देशप्रेम, राष्ट्रीय गीत, उत्कृष्ट कालजयी आधुनिक गीतहरू र लोक दोहोरी गीतहरू सबै वास्तविक एथार्थ र आफुले भोगेका सुख दुख आफुले भोगेको बिलासिता जिवन र आफुले देखेको प्रदेशको बिकासका बारेमा अनि आफ्नो मातृभूमिको दुर्दशा र भिन्नतालाई आफ्नो कलम मार्फत शब्द शब्दमा कोरेर सँगित मार्फत ब्यक्त गरेका छन ।
IMG_2510गीत सँगीत र सृजनालाई माया गर्ने मान्छे देश छोडेर सात समुन्द्र काटेर प्रदेशको ब्यस्त जीवन बिताउन बाध्य भए पनि फुर्सदको समयलाई आफ्नै यथार्थ सादा पानामा रँगिन बनाउदै आफ्ना सृजनाहरू निरन्तर अगाडी बढाई रहेको हुन्छ । जसलाई दुरीले कहिल्यै छेक्दैन । गीतकार नारायण कँडेलले सृजना गरेका सृजनाका शब्दहरू र त्यसै गीतका म्युजिक भिडियोहरू सबै सँगै राखेर आजको लेकबेशी म्युजिक डट कमको आँगनीलाई रँगिन बनाईएको छ ।

 

 

१-
पानी ए सी को

ठुला-ठुला समुन्द्र छन खोलि भेटिदैन
मुलको पानि खाए जस्तो तिर्खा मेटिदैन ।
यस्तै छ कहानी परदेशिको
किन्न त पाईन्छ_
पानि फ्रिजको अनि हावा ए सि को
तर
तिर्सना मेट्दैन गाँउवेसी को ।

जन्मेको घर ,डाँडा पाखा भन्ज्याङ चौतारिले
परदेसिले मायाँमार्यो भन्लान दौतरि ले ।
यस्तै छ कहानी परदेशिको
किन्न त पाईन्छ_
पानि फ्रिज को अनि हावा ए सि को
तर
तिर्सना मेट्दैन गाँउवेसी को ।

IMG_2515

जताततै बनेका छन आकास छुने घर
झुपडिमा जस्तो निद्रा कहाँ लाग्द छ र ।
यस्तै छ कहानी परदेशिको
किन्न त पाईन्छ_
पानि फ्रिज को अनि हावा ए सि को
तर
तिर्सना मेट्दैन गाँउवेसी को ।
हिड्दा धुलो लाग्ला जस्तो चिल्लो हुन्छ बाटो
प्यारो लाउछ यि आँखालाई गाँउकै धुलो माटो ।
यस्तै छ कहानी परदेशिको
किन्न त पाईन्छ_
पानि फ्रिज को अनि हावा ए सि को
तर
तिर्सना मेट्दैन गाँउवेसी को ।
कोहिले भन्छन् चिकन करि कोहिले पिजा मिठो
जे खाएनि बिर्साएन गाँउको आटो पिठो ।
यस्तै छ कहानी परदेशिको
किन्न त पाईन्छ_
पानि फ्रिज को अनि हावा ए सि को
तर
तिर्सना मेट्दैन गाँउवेसी को ।
चुहियो भन्थ्यौ खर को छानो टिन फेरेर छाउँला
तिम्रा आँसु पुछ्न आमा छिट्टै फर्कि आँउला ।
यस्तै छ कहानी परदेशिको
किन्न त पाईन्छ
पानि फ्रिज को अनि हावा ए सि को
तर
तिर्सना मेट्दैन गाँउवेसी को ।
शब्द-नारायण कँडेल
लय- शिब सुवेदी
स्वर -प्रकाश सपुत

 

 

२-

चर्चित गायक कुलेन्द्र बि क र  चर्चित गायिका देबी घर्तीमगरको सुमधुर आवाजमा “मन पिडा छ होला” बोलको उत्कृष्ट लोक दोहोरी गीतको म्युजिक भिडियो ।

 

 

३-

चाहिदैन मलाई तोपको सम्मान चाहिदैन सलामी
बनाउन सकुँ खुसिले बोक्ने चारजना मलामी
खै के छ तिर्ने??खोज्दैछु आमा दुधको साटो मा
मिसाउन सकुँ दुईथोपा रगत जन्मेको माटोमा ।

 

प्रेम छैन ,बिवेक छैन मान्छेको मनमा
नैतिक,ईमान,अस्मीता सबै बिक्दछ धनमा
यो कस्तो संस्कार हुर्कियो अचेल यसलाई फेर्नु छ
मानिस हरु मानिस जस्तै बनेको हेर्नु छ
चसक्क घोच्छ सम्झिदा कतै छातिको पाटोमा
मिसाउन सकुँ दुईथोपा रगत जन्मेको माटोमा ।

IMG_2455

रङ्गको साटो रगत खेल्ने होली आउनुहुन्न
आज भन्दा झन डरलाग्दो भोली आउनु हुन्न
फाटेका मन टाल्न सक्ने मलम बनु म
दुखिको आँसु लेख्दिन सक्ने कलम बनु म
यत्ति छ ईच्छा पन्छाँउ काँडा कसैको बाटोमा
मिसाउन सकु दुईथोपा रगत जन्मेको माटोमा ।

सलामी…


खानकैलागि परदेशको ठाँउमा पसिना बगाएँ
रहर,बैँस,सपना मेरा दाउमा लगाएँ
फर्केर आफ्नै देशमै केहि गर्ने छ सपना
त्यै मुलको पनि मुखमा हालि मर्ने छ चाहना
सबभन्दा मिठास पाउछु नि मैले ढिँडो र आटोमा
मिसाउन सकुँ दुईथोपा रगत जन्मेको माटोमा ।

 

शब्द- नारायण कँडेल
संगित- अर्जुन पोखरेल
स्वर- प्रमोद खरेल
एल्वम-सलामी

 
४-

बाँच्न कति गाह्रो छ यहाँ
हाँस्न कति गाह्रो छ यहाँ ।
तिमि त भन्छौ हाँसेको सुहाउछ
त्यै पनि हाँसो उधारो छ यहाँ ।

IMG_2497बच्चामा हिड्न सिकाउनेहरुले,
हिड्न जानेपछि लडाउन खोज्छन ।
फेदबाट काटने तयारि गरेर,
मलाई रुखमा चढाउन खोज्छन ।
बाँच्न कति गाह्रो छ यहाँ
हाँस्न कति गाह्रो छ यहाँ
सहज देखिन्छ म हिडेको बाटो
पाईला पाईलामा तगारो छ यहाँ ।

आँसुलाई तेल बनाएर मैले
खुसिको दियो बाल्न सिकें
ठेश लाग्दा पनि रुने मन
दिल टुट्दापनि समाल्न सिकेँ
बाँच्न कति गाह्रो छ यहाँ
हाँस्न कति गाह्रो छ यहाँ
दुखैमा रमाउने बानि पर्यो
को भन्छ?? तलाँई अप्ठ्यारो छ यहाँ ।

 

शब्द- नारायण कँडेल
संगित-श्रीकृष्णवम मल्ल
स्वर-स्वरुपराज आचार्य

 

 

५-

तिमीलाई माया गर्नु मेरो भुल हो भने
पिरतिको उपहार आँसु मुल हो भने
तिम्ले पनि कसैलाई मायाँ नगर
तिम्ले पनि कसैलाई विश्वास नगर
म त तिम्रो आँखामा आँसु हेर्नै सक्दिन ।

घाम डुब्न लाग्यो भने लामो हुन्छ छाँयापनि
छुटेपछि झनै धेरै लाग्दो रैछ मायाँ पनि
तिम्रो मायाँ मुटु घोच्ने तिखो सुल हो भने ।
पिरतिको उपहार आँसु मुल हो भने
तिम्ले पनि कसैलाई मायाँ नगर
तिम्ले पनि कसैलाई विश्वास नगर
म त तिम्रो आँखामा आँसु हेर्नै सक्दिन ।IMG_2446

पिडा हुन्छ पिरतिमा तर सबले लाउछन किन ।
जुन मनैमा बास वस्यो त्यहि मन जलाउछन किन ।
कोहिलाई काँडा कोहिलाई मायाँ शुन्दर फुल हो भने
पिरतिको उपहार आँसु मुल हो भने
तिम्ले पनि कसैलाई मायाँ नगर
तिम्ले पनि कसैलाई विश्वास नगर
म त तिम्रो आँखामा आँसु हेर्नै सक्दिन ।

 

गितकार -नारायण कडेल
संगित-राजकुमार बगरको
आवाज-श्रेयसी चेमजोङ

तिमीलाई माया…

 

 

६-

चर्चित गायिका जानकी तारामी मगर र गायक भागिरथ चलाउनीको आवाजमा रहेको “फेरिएका जमना” लोक दोहोरी गीतको म्युजिक भिडियो ।

 

 

७-

कहिले उकालो,कहिले ओरालो,
कहिले अँध्यारो,कहिले उज्यालो
कहिले आधि हुरि कहिले भुईचालो
यो जिन्दगि को यात्रा ।

हण्डर खादै,ठक्कर खादै,धेरै हिनियो
मान्छे हरु थरि थरि सबै चिनियो
दुखमा आफ्नाहरु तर्किएर हिन्छन्
छोप्छु घाउ देखे नुन छर्किएर हिन्छन्
कहिले घाम,कहिले तुँवालो
यो जिन्दगि को यात्रा ।

फूल पनि कहिले काहि बनिदिन्छ काँडा
नङ र मासु छुट्टिएर हुन्छ टाढा टाढा
खुसि पनि कहिले आँसु बनि झर्छ
हाँस्न नि ठुलै मुल्य चुकाउनु पर्छ
एकमुठी सास धान्न पिरालो
यो जिन्दगि को यात्रा ।
गित-नारायण कँडेल
संगित-आशिष अबिरल
आवाज-शिब परियार

यो जिन्दगीको यात्रा…

 

 
८-
यस्तै छ कहानी परदेशीको -२

पानि बाटै चल्न सक्ने मोटर गुडाईसके
समुन्द्र मा वस्न मिल्ने जहाज उडाईसके
जमिन मुनि सुरुङ भित्रै यात्रा हुन्छ रेलमा
तुईन छैन मेरो देशमा कर्णालीको भेल मा ।
हरेक दिन नेपाली प्रदेशमा रुन्छ
सम्झेर मेरो देश कैले यस्तो हुन्छ ।

झिलिमिलि दिन र रातमा फरक छैन कत्ति
मेरो देशमा २२ घण्टा दिनमा हुन्न बत्ति
चाह्यो भने नहुने त के रैछ र साथी
घडि हेर्नै पर्छ यहाँ छुट्याउन दिन राति
हरेक दिन नेपाली प्रदेशमा रुन्छ
सम्झेर मेरो देश कैले विकास हुन्छ ।IMG_2474

चन्द्रमा र मङ्गलमा मानव खोज्छन् यिनि
हाम्रो देशमा मान्छेले नै मान्छे वलि दिनी!!
ईरान को तेल अमेरिका पाईपबाट लान्छन्
हामीकहाँ दाउरा किन्ने लाईन बस्न जान्छन् ।
हरेक दिन नेपाली प्रदेशमा रुन्छ
सम्झेर मेरो देश कैले सक्षम हुन्छ ।

सानो ठुलो फरक छैन गर्छन सबै काम
क्षमता र पसिना को उचित मिल्छ दाम
कुखुराको भाले मर्दा नेपाल बन्द गर्छन
गरिब जन्ता उपचारै नपाएर मर्छन
हरेक दिन नेपाली प्रदेशमा रुन्छ
सम्झेर मेरो देश कैले शान्ति हुन्छ ।

IMG_2482

घुम्दै-घुम्दै जान पाईयोस धरान-धनगडी
गाजा,घुम्टे,रेसुङ्गामा केबुलकारमा चडि
शैलुङ्गे र जलजला मा रेल चढेर जान
मुस्ताङ्को स्याउ बिर्तामोड मा पाईयोस किनि खान ।
हरेक दिन नेपाली प्रदेशमा रुन्छ
सम्झेर मेरो देश कैले यस्तो हुन्छ ।

ज्यान कै धितो राखेर कोहि परदेश तिर लाउछन
आसा निभ्छ खाडि देशमा बाकसमा आउछन
कहिले आउला कामगरेर पुग्ने लाउन खान
नपर्ने दिन लाखौँ युवा देश छोडेर जान
हरेक दिन नेपाली प्रदेशमा रुन्छ
सम्झेर मेरो देश कैले सबल हुन्छ ।

शब्द -नारायण कंडेल
लय-शिव सुवेदी
स्वर-सुर्य खड्का

 
९-

गितकार नारायण कंडेलका देशभक्ति भावले सजिएको शब्दमा रमेशराज भट्टराईको उत्कृष्ट संगित तथा स्वर रहेको यो गित पनि छिट्टै बजारमा आउदैछ ।

“हामीले नगरे गर्ने हो कसले
आजै नगरे गर्ने हो कैले
लिएर एक मुठि धरतिको माटो
एउटा सपथ खानु छ मैले
मेरो देश को शिर झुक्न दिने छैन,
मेरी आमाको छाति दुख्न दिने छैन ।
बोलको गीत पनि केही दिन मै बजारमा आउने तयारीमा रहेको छ ।

IMG_2511

१०-

मेरो सिप,जाँगर,मेहनत लगाउँछु
दश नङ्ग्रा खियाउछु,पसिना बगाउँछु
श्रृजनाले म यो धर्ति सजाउछु ,
म एउटा यस्तो अभियान चलाउँछु
अब मेरो देश म बनाउँछु ।

साथै नारायण कँडेल कै सब्द सृजनामा अर्को लोक दोहोरी गीत पनि छिट्टै नै स्रोताहरूले सुन्न र हेर्न पाउनु हुनेछ ।

 

११-

सबै ठाँउका डाक्टरले जानेनन्
जान्ने ले नि सुरुमा मानेनन् ।
हिजो मैले आँसुको परिक्षण गरे
हरेक थोपा-थोपामा उनान्सय प्रतिशत तिम्रै याद देखिएछ अरे ।

 

 

IMG_2517गीतकार सर्जक नारायण कँडेलको कलमबाट देश भक्ति प्रेम, माया प्रेम र बिछोडमा हुने चोटहरूका कथा समेटिएका उत्कृष्ट गीतहरूको सृजनाहरू साँगितिक बजारले निरन्तर पाई रहोस लेकबेशी म्युजिक डट कमको तर्फबाट हरेक सृजनाले सुन्ने हेर्ने दर्शक र स्रोताहरूको तन मन जित्न सफल होस शुभ कामना ।

 

 

 

WWW.LEKBESIMUSIC.COM

 

Love to Share :

Leave a Reply