Sun. Aug 25th, 2019

सुर्य खड्का र प्रीति आले मगरको स्वरमा कौँडा रोईला गीत बल्ल माया बुझियो

1 min read
Love to Share :

 

मिन दर्लामी सिकागो अमेरिका ।

 

IMG_2543सृजनाहरू गाउठाउ पाखा, क्षेत्र अनुसार भेष भुसा, भासा र संस्कृति आ-आफ्नै हुन्छन । मौलिकता बोकेका गीत सँगीतहरूले आ-आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गर्दछन । गीत सँगीतले पनि जात जातीलाई छुट्टाएको हुन्छ । बिशेष गरी कौँडा रोईला गीत नेपालको पश्चिम भागमा बहुप्रचलित छ । त्यो पनि मगर समुदाय र गुरूँग समुदायको घर बस्तीमा । जहा मगर गुरूँगको बस्ती हुन्छ त्यहा प्रचलित त छदैछ IMG_2532त्यहा बस्ने बाहुन, क्षेत्री, ठकुरी र अन्य जात जातीको समाजमा पनि उस्तै संस्कार बनेको हुन्छ । कौँडा रोईला गीतमा हरेक समुदायका ब्यक्तीहरू पनि रम्ने र झुम्ने गर्दछन । हो यस्तै कौँडा रोईला गीत सँगीतलाई केही समय देखी जापानलाई कर्मथलो बनाई जापानमा रहदै आएका र दुरीले टाढा भए पनि गीत सँगीतलाई निरन्तरता दिदै आएका युवा गायक सुर्य खड्काले चर्चित बेली डान्सर गायिका प्रीति आले मगरसंग स्वरमा स्वर मिलाउदै IMG_2533ईश्वरी कँडेलको “बल्ल माया बुझियो” बोलको कौँडा रोईला गीतलाई गुँरास फिल्मस् प्रा.लि. मार्फत साँगितिक बजारमा ल्याएका छन । यस गीतमा सुर्य खड्का र प्रीति आले मगरको सुमधुर आवाज रहेको छ । यो कौंडा रोईला गीतलाई सुर्य खड्काले लय सृजना गरेका छन भने शब्द नारायण कँडेल र सुर्य खड्काले लेखेका छन । श्रब्य दृष्य गुरूआमा फिल्मस् प्रा.लि.ले बनाएको हो ।

IMG_2547घाम चर्क्यो पोल्यो
पानी दर्क्यो रुझियो
बल्ल माया बुझियो ।

बल्ल माया बुझियो बोलको कौँडा रोईला गीतको म्युजिक भिडियोलाई स्मृति तिमलसेना (गूरू आमा)ले निर्देशन गरेकी छन र भिडियोमा प्रकाश र सुजताले कुशल नृत्य तथा अभिनय गरेका छन । सुरेश श्रेष्ठले छायाँकन गरेका छन अनि दिपक बिष्टले सम्पादन गरेका छन । समग्रमा कौँडा रोईला गीत बल्ल माया बुझियो राम्रो सृजना बनेको छ । त्यसैले गीतको सफलताको लागी लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको शुभ कामना ।

 
म्युजिक भिडियो र गीतका हरफहरू…

घाम चर्क्यो पोल्यो
पानी दर्क्यो रुझीयो
बल्ल मायाँ बुझीयो ।

यहि मायामा धेरै रोगीभाको देखे
घरै छोडि कति जोगि भाको देखे ।

कहिले बादल झरी, कहिले घाम छाँया
मन उडाऊनी माँया, दिल चुडाऊनी माँया ।

IMG_2527
माया प्रेम भन्दै, मतीएर हिने
धेरै हाँसे रोए, बल्ल माँया चिने ।

अन्जानैमा रैछ माया जालमा फस्ने
भैछु आज एक्लै टोलाएर बस्ने ।

IMG_2544

चोखो दिल दिएर, माया लाउछ जस्ले
उस्कै मन जल्छ, कठै भन्छ कस्ले ।

कहिले माया पानी, कहिले माया आगो
भयो जिबन आज, चुडिएको धागो ।

 

 

 

 

Love to Share :

Leave a Reply