Sun. Aug 25th, 2019

मिन दर्लामीको “सालैजो”

1 min read
Love to Share :

शिरीमा शिरी… बताशै चल्यो श्रीनगर पल्तिर

मायालाई भेट्न मै लेकमा आउनी माया झन तल्तिर ।

मलाई चिन्ता के गर्दै हौली

धार्नीको जिउ भै सक्यो बिसौली…

बाँकी गित अडियोमा…

 

तपाई हाम्रै गाउघर पाखामा घन्किने गित सँगित मध्य एउटा गित हो सालैजो । जुन सालैजो गाउघरमा बिशेष गरी कोदो रोप्दा र कोदोको झार फाल्दा हुद्द लगाएर मेलापातामा गाउने र रमाईलो गर्ने गरिन्छ । यो सालैजो गित केटाले उठाउने र केटीले भटाएर गाउने गरिन्छ । पहिले पहिले यो सालैजो गित चलन चल्ती र अनिबार्य जस्तो नै थियो किनभने पहिले गाउमा मेलापर्ब गरिन्थ्यो अनि पालैपालो गाउघरको मेलामा कोदो रोप्ने र कोदोको झार गोड्ने बेलामा हुद्द “सालैजो” मादल, डम्फु र सहनाई बजाएर गाउने गरिन्थ्यो तर समय बदलिदै जादा आज भोली मेलापातामा गाउन छोडी सकेको छ । त्यसैको सम्झना स्वरूप तपाईहरू गित सँगितलाई माया र सहयोग गर्ने स्रोताहरूको लागी सर्जक मिन दर्लामीको “सालैजो” गित “शिरीमा शिरी बताशै चल्यो श्रीनगर डाँडैमा”… अडियो सुनेर स्वस्थ मनोरन्जन लिनुहोस । यो गितलाई गाउनु भएको छ सुमधुर श्वरका धनी र सबैका ढुकढुकी गायक खुमन अधिकारी र गायिका देबी घर्ती मगरले । यसको लय सृजना मिन दर्लामीको छ भने शब्द कोर्नु भएको छ गायक अनि सन्चारकर्मी तपाईहरूकै रेडियोको साथी हुम गैरेले । यो गितको एरेन्जर सँगितकार बि.बि.अनुरागीले गर्नु भएको छ र गितलाई प्रिज्म रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको हो । यो गितलाई मिक्सिँग अदभुत क्षमताका खानी श्यामश्वेत रसाईलीले गर्नु भएको छ ।

अन्तमा…
आजको बिशेषमा तपाई स्रोताहरूको लागी लेकबेशी म्युजिक डट कम मार्फत सर्जक मिन दर्लामीको “सालैजो” गित अडियोमा… साथै सुनेर प्रतिकृया दिनुहोला ।

सम्पूर्ण गित सँगितलाई सबैले माया र सम्रक्षण गरौ । हाम्रा पुराना संस्कृति अनि संस्कारलाई बचाँई राखौ ।

 

Love to Share :

Leave a Reply