गायक बिनोद भण्डारीले ल्याए तिम्रो छाया देखे चिन्छु
1 min read
Manikala Mahatara, Lalitpur, Nepal
Date: 19/04/2017
“हरेक दिन नेपाली प्रदेशमा रुन्छ ” को अपार सफलता पछी लाखौं प्रदेशि नेपालीको मन जित्न सफल गितको अभिनय गरेका जापानलाई कर्मथलो बनाएका र प्रदेशबाट भए पनि आफ्नो अभिनय र गीत सङ्गीतले लाखौं दर्शक स्रोताहरुको मन जित्न सफल सांगीतिक जगतमा उदाउँदा तारा गायक तथा मोडेल विनोद भण्डारीले फेरी अर्को लोक दोहोरी “तिम्रो छाया देखे चिन्छु “नामक गित हिजो मात्रै बजारमा ल्याएका छन ।
चर्चित सर्जक एक नारायण भण्डारीको लय ,संगीत रहेको यस गितमा स्वर भने देवी घर्ती र विनोद भण्डारीले स्वयमले दिएका छन । अञ्जली अधिकारी र विनोद भण्डारीको जोडदार अभिनय रहेको गितको निर्देशन प्रकाश भट्टले गरेका छन र सितारा म्युजिक प्रा.लि ले गीतलाई बजारमा ल्याएको छ ।
छोटो समयमै आफूलाई गीत सङ्गीत र अभिनयको क्षेत्रमा निखारदै आएका भण्डारीको पहिलो गित ” हे भगवान” को सफलता पछी “सबै हांस्छ्न दुखमा तिमि नहासी देउ ,चारैतिर हावा चलिरहेको थियो जस्ता गितहरुमा अफ्नो स्वर दिएका छन र अन्य गितहरुमा आफ्नो दमदार अभिनय पनि गरी सकेका छन ।
आउँदा दिनहरुमा पनि दर्शक श्रोताहरुको माया मिलेमा अझ थुप्रै गितहरु ल्याउने र अभिनय पनि गर्ने विचार राखेको बिनोद भण्डारीले बताएका छन । भण्डारी अहिले नेपालबाट नै गित संगीतलाई निरन्तरता दिई राखेका छन । उनको सांगीतिक यात्राको सफलताको शुभ कामना साथै यस गितले पनि स्रोताहररूबाट धेरै धेरै माया र सफलता पाओस ।
म्युजिक भिडियो ।