Wed. Jun 19th, 2019

गजल_ भुलेकी छैनौ होला ?

1 min read
Love to Share :

 

 

IMG_5464

 

 

 

 

 

रचनाकार रेशम बोहोरा

 

गजल…

 

दुःख पर्दा सहारा दिएको हात त भूलेकी छैनौ होला

म बिना बाँच्दिन भन्थ्यौ, बात त भूलेकी छैनौ होला

सायद नाटक गर्दैछौ तिमी म को हुँ चिन्दिनौ जस्तो

म माथि तिमीले गरेको घात त भुलेकी छैनौ होला

कति घमण्ड थियो तिमीमा, कस्तो विभेद गर्थ्यौ मलाई

यही त थियो कारण मेरो जात त भुलेकी छैनौ होला

जवानीको रवाफ थियो केही नदेख्ने अन्धी भयौ

मसँग बिताएका ती बैशालु मात त भुलेकी छैनौ होला

अहिले त हैन हुँदै हैन भन्छ्यौ, मान्दिनौ केही पनि अरु

सबै भुले पनि बिताएका रात त भुलेकी छैनौ होला ।

Love to Share :

Leave a Reply