Sun. Aug 25th, 2019

लोक दोहोरीगीत प्रतिष्ठान नेपालले चर्चा कमाउने नाममा बढ्दो विकृति र बिसंगती रोक्नलाई गृहमन्त्री समक्ष ज्ञापन–पत्र बुझायो ।

1 min read
Love to Share :

 

 

 

592D23C3-2FB2-4CE5-9231-6998C12F5F84

 

लोक दोहोरीगीत प्रतिष्ठान नेपालले चर्चा कमाउने नाममा बढ्दो विकृति र बिसंगतीलाई रोक्न गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझायो ।

 

मिन दर्लामी… सिकागो अमेरिका ।

नेपालको बिभिन्न जिल्ला र गाउ ठाउमा हुने मेला–महोत्सवमा 5639DBF3-91D4-43B1-BF62-318D508EE109प्रर्दशन हुने अश्लिल प्रस्तुतीलाई निगरानी गर्न र गरी दिन लोक दोहरीगीत प्रतिष्ठान नेपालले नेपाल सरकारका गृहमन्त्री जर्नादन शर्मालाई ज्ञापन–पत्र बुझाएको छ । मेला–महोत्सवमा कलाकारले अश्लिल प्रस्तुती दिदा समेत स्थानीय प्रशासन मुखदर्शक बनेर हेरी रहेको बिषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले मंगलबार ज्ञापन–पत्र बुझाएको होप्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीको नेतृत्वमा गृहमन्त्री शर्मालाई कार्यकक्ष मै गएर मेला महोत्सवमा हुने दर्शक उक्साउने बाहनामा हुने अश्लिल प्रस्तुतीलाई निगरानी गरी दिन र त्यस्तो कार्य भएमा सम्बन्धित ब्यक्तिहरूलाई कारबाहीका लागि ७७ वटै जिल्ला प्रशासनमा परिपत्र गरी अस्लिलता रोकथाम गरी दिन आग्रह सहितको ज्ञापन–पत्र लिखित रुपमा बुझाईएको छ ।

 

 

 

 

केही बर्ष यता कलाकारहरूले आफ्नो पुरानो रितिरिवाज, परम्परा, C57CAFA6-590C-467D-87D4-1C726594087Eसंस्कारलाई कुल्चिदै स्वतन्त्रता र लोकतन्त्रको सीमा र मर्यादालाई बिर्सने गरी नाम र गीत सँगीतको बजारमा चर्चा कमाउने उदेश्यका साथ अश्लिल हर्कत, अंग प्रर्दशन बढ्दै जान थाले पछी र प्रतिष्ठानको मौनताको बारेमा सर्बत्र बिरोध हुन थाले पश्चात लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले बिकृती र बिसंगतीका बारेमा रोकथाम गर्न र गरी दिनको लागी नेपाल सरकारसंग अनुरोध गरेको हो । नेपाल र नेपालीको संस्कार र संस्कृतिलाई सम्रक्षण गर्ने र जोगाई राख्ने काम संघ संस्था र कलाकारको मात्र नभई नेपाल सरकारको पनि प्रमुख दायित्व हो ।

 

 
यसैक्रममा गायक तथा लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भनेका छन प्रतिष्ठानसंग बिकृती र बिसंगतीलाई 937D552B-C47F-4D6B-84DF-284A19CC8A8Fनियन्त्रण र कार्बाही गर्ने कुनै अधिकार नभएकाले नेपाल सरकारलाई गुहार्न बाध्य भएका हौ । हामीलाई सरकारले संवैधानिक अधिकार दिए मापदण्ड पुरा गरेर लोक गीत सँगीतको क्षेत्रमा बिकृती र बिसंगतीलाई हटाएर स्वच्छता दिलाउने छौ । साथै अध्यक्ष पंगेनीले भने हाम्रो कला-साहित्यको हित र सम्रक्षणको बारेमा राज्यले सोच्न नसकेकोमा गुनासो समेत ब्यक्त गरे ।

 

 

 

 




अध्यक्ष पंगेनीले आफ्नो फेशबुक स्टाटसमा गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाउदाको फोटो सहित यसरी लेखेका छन ।

कलाकारहरुको स्टेज प्रस्तुतिमा बिकृती आयो भन्ने व्यापक गुनासो राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपालमा आउन थाल्यो । हुन सक्छ त्यसमा हाम्रो पनि कमि कमजोरी होला त्यसलाइ सुधार्दै लैजाने हाम्रो प्रयास हामी गर्ने छौ । तर राज्यको भुमिका के त ? गृह मन्त्रालयले ७७ वटै जिल्लामा निर्देशानत्मक परिपत्र गरी जारी जिल्लाका विभिन्न ठाउँमा हुने कार्यक्रमहरुमा निगरानी राख्ने हो भने स्टेजमा हुने बिकृती हट्ने छ । यसका लागि तत्काल कदम चालियोस भनी माननीय गृहमन्त्री ज्युलाई हामीले यही कुरा लिखित र मौखिक रूपमा जाहेर गर्यौ हेरौ के हुन्छ । (सकारात्मक प्रतिक्रियाको अपेक्षा )




यस बिषयमा पटक पटक हाम्रो लेकबेशी म्युजिक डट कममा आवाज बुलन्द गरी रहेका थियौ । ढिलै भए पनि प्रतिष्ठानले यसको कदम चालेकोमा लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पँगेनी लगायत सम्पुर्ण पदाधिकारीहरूलाई लेकबेशी म्युजिक मिडिया र सँगीत प्रेमी स्रोताहरूको तर्फबाट धन्यबाद साथै “जय गीत जय सँगीत”

Love to Share :

Leave a Reply