Mon. Jul 22nd, 2019

बिमल, खेम र सम्झनाको आवाजमा रहेको दशै तिहार गीत “चार्डवाडको बेलामा” ।

1 min read
Love to Share :

 

8AD7F49E-25D3-4475-B048-1A6C9AC02461

बिमल, खेम र सम्झनाको आवाजमा रहेको दशै तिहार गीत चार्डवाडको बेलामा ।

 

कोई आए जहाजमा चढी
कोई आए छुकछुके रेलैमा
नाँचौ गाऔं रमाईलो गरौ
साथी हो चार्डवाडको बेलैमा ।

 

कतिपय प्रबासबाट बिजया दशमी मै घर फर्किएर परिवारसंगै रमाईलो गर्दैछन त कसैले तिहारमा घर फर्किएर रमाईलो गर्ने तरखरमा छन भने कतिपय प्रवासमा परिवार बिनाको एक्लो जिवन तडपिएर, कल्पिएर बिताउन बाध्य छन । कुनै पनि ब्यक्तिको प्रवासी हुनु रहर होईन बाध्यता हो । यस्तै प्रवासीहरू मध्यबाट कोही छिमेकी राष्ट्रबाट छुकछुके रेल चढेर घर फर्किए भने कोही सात समुन्द्र काटेर अल्ली टाढा जानेहरू जहाज चढेर घर फर्किएका छन ।

A5B62D9F-0734-4AA4-A858-36E6737719FC

नेपालीहरूको महान चार्ड दशै र तिहारको भाई टिका थाप्नको लागी प्रदेशी घर फर्किएर गाउघरमा देउसी भैलो खेल्ने र रमाईलो गर्ने बेला हो यो । साथै दिदी र बहिनीको हातबाट दाजु भाईले सप्तरंगी टिका सँगै मखमली र गुरदौली फूलको माला लगाएर दिदी बहिनीले दिएको सेलरोटी, बटुक अनि बिभिन्न परिकार खाएर मनाउने चार्ड हो तिहार । यसै चार्डवार्डलाई समेटेर बनाईएको गीत हो रमेश बिजीको सब्द सँकलन र खेम सेन्चुरीको लय सृजनामा सोनिका तमुल्योको दशै तिहार गीतको कोशेली “चार्डवाडको बेलामा” । बिमल परियार, खेम सेन्चुरी र सम्झना भण्डारीको आवाज रहेको यस गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन भने छायाँकन राजेश घिमिरे र सम्पादन बिस्नु शर्माको रहेको छ । साथै यस गीतको म्युजिक भिडियोमा रिना थापा मगर, बिमल परियार, स्वस्तिका तामाँग, अशिम गुरूँग, खेम सेन्चुरी, सम्झना भण्डारी, राज बहादुर गुरूँग र गौरब भट्टको अभिनय रहेको छ ।

8AD7F49E-25D3-4475-B048-1A6C9AC02461

रमेश बिजीको सब्द खेम सेन्चुरीको लय साथै बिमल परियार खेम, सेन्चुरी र सम्झना भण्डारीको आवाजमा रहेको चार्डवाडको बेलामा बोलको गीत राम्रो बनेको छ । त्यसैले दिपावलीको अबसरमा गीतले सबैको मन मुटुमा बास गर्न सकोस । “लेकबेशी म्युजिक मिडिया” www.lekbesimusic.com  को तर्फबाट सफलताको शुभ काममा ।

Love to Share :

Leave a Reply