Sun. Aug 25th, 2019

सर्जक संगीतकार रामकृष्ण बम मल्लको नयाँ एल्बम ‘सहयात्रा’ टोकियोमा विमोचन हुदै ।

1 min read
Love to Share :

 

 

99A4103D-EA26-48E8-9B68-467A15B077C6

सर्जक संगीतकार रामकृष्ण बम मल्लको नयाँ एल्बम ‘सहयात्रा’ टोकियोमा विमोचन हुदै ।

 
November 12, 2017
पहिलो पटक काठमाण्डौ नेपालबाट ।
नेपाली लोक गीत संगीत क्षेत्रमा लागेर लामो समय अर्थात झण्डै २ दशक बिताई सकेका दोस्रो पुस्ताका एउटा चर्चित गायक तथा संगीतकार रामकृष्ण बम मल्लको नाम गीत सँगीतको क्षेत्रमा सुनौलो अक्षरले लेखिएको छ । तिनै मल्लले अहिले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिदै सुगम सँगीत आधुनिक गीतको नयाँ एल्बम ‘सहयात्रा’ लाई आफ्नो एकल संगीतमा यही नोभेम्बर १९ तारिक आईतबारका दिन पारेर जापान टोकियोको बारकाडे गुड टाईम्स शिनोकुबोमा दिउसो ३ बजे बिमोचन कार्यक्रमको आयोजना गरेका छन । आफ्नो देश भन्दा बाहिर जापानमा रहेर पनि नेपाली गीत सँगीत र साहित्य सृजनामा कलम चलाई रहने सर्जक स्रष्टाहरू नारायण कंडेल, लक्ष्मण कार्की, रबिन शर्मा, अरुण पैडेल, दिप पाठक र केशव पौडेलका शब्द सृजनाहरू यस “सहयात्रा” नामको एल्बममा समाबेश गरिएको छ भने यस एल्बममा गायक संगीतकार रामकृष्ण बम मल्लको एकल सँगीत रहेको छ । साथै नेपाली सागितिक क्षेत्रमा लोकप्रिय नयाँ तथा पुराना गायक गायिकाहरू रामकृष्ण ढकाल, सुमन केसी, राज सिग्देल, जुनु रिजाल, श्रीकृष्ण बम मल्ल, उत्तम खड्काका र नेपाल आईडलका चर्चित कलाकारद्धय सुरज थापा र मेनका पौडेलको आवाजमा “सहयात्रा” तयार भएको छ ।

प्रवासको ब्यस्त जीवनमा रहदा पनि आफुले पाएको फुर्सदलाई सदुपयोग गर्दै नेपाली गीत संगीत र सृजनामा कलम चलाउने सर्जकका सृजनाहरूलाई एउटै एल्बम सहयात्रा भित्र समावेश गराउने गायक तथा संगीतकार रामकृष्ण बम मल्ललाई बिमोचन कार्यक्रम सफल होस लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको शुभ कामना ।

Love to Share :

Leave a Reply