Mon. Jul 22nd, 2019

दर्शक स्रोतालाई झस्काउँदै सर्जक मिन दर्लामी ।

1 min read
Love to Share :

 

956DFA1B-CFFF-4B16-A939-709404069DDC

दर्शक स्रोतालाई झस्काउँदै सर्जक मिन दर्लामी ।

अनिल खत्री गुल्मी ।

लोकदोहोरी क्षेत्रमा निकै लोकप्रियता कमाएरका गीतकार एबं गायक सर्जक मिन दर्लामीले साँगीतिक क्षेत्रमा बेला बेलामा दर्शक स्रोताहरूलाई झस्काउने गरेका छन् । सर्जक दर्लामी झण्डै १० वर्षे लामो प्रवास बसाईमा पहिला भन्दा अलि पातलो अर्थात फ्याट्ट फुट्ट तर उत्कृष्ट गीतहरु निकाल्ने गरेका छन । साँगीतिक क्षेत्रमा निकै लामो समय सम्म चर्चित गीतहरु ल्याएका सर्जक मिन दर्लामीले बेला बखतमा मर्मस्पर्शी गीतहरु सांगीतिक बजारमा ल्याएर  दर्शक स्रोताहरूको मन जित्ने गरेका छन ।

साँगितिक क्षेत्र बिशेष योगदान दिएर बिदेशलाई कर्मथलो बनाएका दर्लामीले दर्जनौं गीतहरुमा लय शब्द दिएका छन् । पछिल्लो १० वर्ष यता भने उनले कमै गीतहरु ल्याउने गरेका छन् तर पनि उनले ल्याउने गीतहरु एउटा सन्देश मुलक र मायाँ प्रेममा आधारित गीतहरू सांगीतिक बजारमा ल्याउने गरेका छन् । नेपाली लोक दोहोरीगीत संगीतलाई कुनै समय एउटा उचाई सम्म पुर्याउन योगदान गरेका दर्लामीले लोक दोहोरीगीत संगीत प्रेमी दर्शक श्रोताको लागि उत्कृष्ट सृजनाहरु ल्याएर गीत संगीत प्रेमी स्कोरोताहरूको मन मुटुमा बस्न सफल भएका छन् ।

8C87F70C-2DD4-466C-B46C-FBF06D15DB4C

यसैक्रमलाई निरन्तरता दिदै सर्जक मिन दर्लामीले हालै एउटा लोक दोहोरी गीत ‘नभन न नाई नाई भनेर’ बोलको मार्मिक गीत सार्बजनिक गरेका छन् । गीतमा लाखौ नेपालीहरुले सँगै खाउला रमाउला उकाली ओराली गरौला डाडा पाखा बारीमा सँगै खेती किसानी गरौला भनेर बाचा कसम खाएको आफ्नो जिवन साथी, जन्म दिने आमा, प्राण भन्दा पनि प्यारो जन्म भुमी छोडेर बिदेश जानु पर्ने बाध्यतालाई कथा बस्तुमा समेटेर युट्युबको सागीतिक बजारमा शिबदर्शन फिल्मस् प्रा.लि.को युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् ।

08214860-4FFC-4880-8BB3-8DA65084A09C

गायक खुमन अधिकारी र बिस्नु माझीको सुमधुर आवाज रहेको यस लोकदोहोरी गीतको लय तथा शब्द सृजना मिन दर्लामी आफैले गरेका छन् । गीतकार तथा सर्जक दर्लामीले बिगतका दिनहरुमा सांगीतिक बजारमा ल्याएका लाउथे माया घातैघात भो, आलु परौठा, जोर शँख फुकेर, अल्लारे ठिटो, एउटै डोरी पासो लगाम भो, मनै छैनर, म त जिउदै छु, पहिला भन्दा बेग्लै, सुन मेरी साथी लगायत पन्चेबाजाको गीत, कौडा गीत, सालैजो गरी दर्जनौ गीतहरु अझै पनि उत्तिकै चर्चामा छन् । खुमन अधिकारी र बिस्नु माझीको स्वर अनि बाबुराम पन्थीको सब्द लेखन रहको “जोर शँख फुकेर” गीतको अपार सफलता पश्चात सर्जक मिन दर्लामीलाई फर्केर पछाडी हेर्नु परेको छैन ।

45B18FBD-C8A5-4315-93E5-B48855C092EB

सर्जक दर्लामीले आफ्नो फेशबुक स्टाटसमा लेखेका छन आफ्ना सृजनाहरू आफ्नै छोरा छोरी जस्तो प्यारो लाग्ने बताए । उनले भने ‘जसमा अनगिन्ती परिश्रम गरिएको हुन्छ अनि मात्र सृजनालाई अन्तिम रूप दिईने गर्दछ ।’ हामी दुई खुमन र म मिन जहिले देखी अर्थात जोर शँख फुकेरबाट सँग सँगै काम गर्न लाग्यौ दर्लामीले भने ‘तब देखी हामीले गीत यस्तो होस ताकी सुन्ने र हेर्नु हुने सबैको मन मुटुमा सिधै छुने प्रयास गरोस भनेर कोशिस गर्ने गर्दछौ ।’

7D61A155-9758-4A5F-9678-3C40F92CAC1F

सर्जक दर्लामीले यस पटक पनि हामीले पुरानै शैलीलाई बिशेष प्राथमिकता दिदै नयाँ धारका गीतहरूलाई केही बेरलाई “नभन न नाई नाई भनेर” गीत मार्फ बिर्साउने कोशिस गरेको बताएका छन । यस गीतमा पनि बिगत १० बर्ष देखी कै पुरानो जोडी खुमन अधिकारी र बिस्नु माझीको सुमधुर आवाजले गीतलाई जिवन्त र मर्मस्पर्शी बनाई दिएको छ ।

CD601A91-3F37-4E80-BDCA-E2BEB8026CCA

गीतकार दर्लामीले भने ‘आज भन्दा १० बर्ष अगाडी जोर शँख फुकेरको म्युजिक भिडियोमा काम गर्दा नयाँ अनुहार रन्जिता गुरूँग र पुष्कल शर्मालाई प्राथमिकता दिँदै गर्दा हामीले बाजी थापेर सुर-ताल म्युजिकसँग काम गरेका थियौ । “त्यसको परिणाम आज रन्जिता गुरूँग र पुष्कल शर्मालाई गीत सँगीतको बजारले आज सम्म अबसर दिई रहेको छ” । आशा गरौ फेरी पनि नयाँ अनुहार लोमस शर्माले त्यसै गरी गीत संगीतमा नाम र काम दुबै पाओस भनेर खुमन अधिकारी र मैले नयाँ बिरूवा रोपी दिएका छौ । त्यसैले नयाँ बिरूवालाई मल-जल गरेर हुर्काउने फुलाउने र फलाउने काम तपाई दर्शक स्रोताहरूको हातमा रहेको गीतकार दर्लामीकोले बताएका छन । साथै उनले आफना साँगीतिक कोसेली मार्फत नयाँ कलाकारहरुलाई साँगीतिक क्षेत्रमा स्थापित गराउने आफनो उदेश्य रहेको पनि बताएका छन ।

9FD1CDB9-34DA-4B51-94DD-02BFC1F581DF

 बिशेष कारणले नेपाल भन्दा बाहिर रहे पनि गीत संगीतको माध्यमबाट आफु सधै नेपालमै रहेको आभाष हुने गरेको बताएका छन । साथै सर्जक दर्लामीले खुमन अधिकारी र जुना श्रीस मगरको स्वर अनि मेरो लय र नेत्र अर्यालको सब्द लेखन रहेको अर्को कोशेली पनि शिबदर्शन फिल्मस् प्रा.लि.बाट छिट्टै बजारमा आउने जानकारी गराएका छन । सर्जक मिन दर्लामीको उत्कृष्ट कोशेली “नभन न नाई नाई भनेर” बोलको गीत र आउदै गरेको गीतले पनि बिगतमा जस्तै सबैको मन मुटुमा बस्न सकोस शुभ कामना ।

B191E3E9-39EC-40F4-AC31-CE02A9CB7F07
साभार न्युज…

 

 

Love to Share :

Leave a Reply