Sun. Aug 25th, 2019

सन्ध्या के.सी.को नयाँ सांगीतिक कोशेली “हार्दिक श्रद्धाञ्जली” सार्बजनिक ।

1 min read
Love to Share :

 

F9E63E92-66A0-4B5C-B6FD-EFB492E5390E

सन्ध्या के.सी.को नयाँ सांगीतिक कोशेली “हार्दिक श्रद्धाञ्जली” सार्बजनिक ।

मिन दर्लामी, सिकागो अमेरिका ।

प्रकाशन अगाडी नै चर्चामा रहेको र धेरैले प्रतीक्षा गरेको लोकदोहोरी गीत “हार्दिक श्रद्धाञ्जली ” भर्खरै मात्र सांगीतिक बजारमा सार्बजनिक भएको छ । गीतको कथा अनुसार गीतमा अभिनय गर्ने मोडलहरुले एक अर्काको फोटोमा हार्दिक श्रद्धाञ्जली लेख्नु पर्ने भएको र उनीहरुले लेखेकै कारण यो गीतले प्रकाशन अगाबै चर्चा र आलोचना बटुलेको थियो । रुक्मणी रिजाल र सुमधुर आवाजका गायक नेत्र भण्डारीको स्वर रहेको श्रद्धाञ्जली गीतको सब्द सन्ध्या के.सी.ले लेखेकी हुन भने रामु खड्काले लय सृजना गरेका छ्न् ।

 

करिब एक दर्जन गीत सिर्जना गरी सकेकी सर्जक सन्ध्या के.सी.का पहिलेका गीतहरूले पनि सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल भएका थिए । यस गीतलाई पनि सबैले मन पराइ दिनेमा उनी बिस्वस्त छिन् । कपिल लामाको निर्देशन, सुरेस श्रेष्ठको छायांकन र अमर शाक्यको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र सारिका के.सी.को अभिनय देख्न पाइन्छ ।

F197569C-9D16-4FF1-89CC-1BFD4494021F

 

 

Love to Share :

Leave a Reply