Sun. Aug 25th, 2019

जापानी गायिका आओई सानोले नेपाली तीज गीत गाईन ।

1 min read
Love to Share :

 

 

3EF83411-5C23-4C64-BE68-3BACA283E08E

जापानी गायिका आओई सानोले नेपाली तीज गीत गाईन । 

BB07223C-323A-4EA5-85CD-5EC0178FD587

Min Darlami, Chicago, USA.

गीत सँगीतमा कुनै भाषा हुदैन र कुनै सिमा पनि हुदैन । गायनमा सुर-ताल मिल्यो भने भाषाले फरक पार्ने होईन सब्दलाई गायक गायिकाको बोलीचालीको भाषामा बदलेर पनि गीत गाउन र गवाउन सकिन्छ भन्ने उदाहरण संगीतकार रामकृष्ण बम मल्लले हाल आफु रहदै आएको कर्मथलो जापानमा जापानी गायिका “आओई सानो”लाई नारीहरूको बिशेष पर्ब हरितालिकाको तीज गीत गवाउन लगाएर प्रमाणित गरेका छन । चर्चित सर्जक रमेश बिजीको सब्द लेखन र रामकृष्ण बम मल्लको लय संकलन रहेको तीज गीतलाई जापानी गायिका आओई सानोले गायकी छन । उनी जापानको नया पुस्ताकी चर्चित गायिका हुन । आओई सानोले गुरूदेब कामतसंग संगीत सिकेकी छन भने हाल रामकृष्ण बम मल्लले नेपाली गीत संगीत सिकाई रहेका छन । गायिका आओई सानो ४ पटक सम्म नेपाल गएर भुकम्प प्रभावित क्षेत्र र हालै चितवनको चेपाँग बस्ती समेत गरी ४९८ परिवारलाई सोलार लाईट प्रदान पनि गरी सकेकी छन । आओई सानोले जापानको बिभिन्न ठाउमा कन्सर्ट गरेर सोलार किन्ने पैसा जुटाउने गरेकी छन । 

1B46520F-8E14-4C5D-BD64-3C90B82EC1C0 संगीतकार रामकृष्ण बम मल्लले लेकबेशी म्युजिकसंग कुरा गर्दै भनेका छन नेपालमा तीज गीतमा मौलिकता हराउदै गईरहेको अबस्थामा यो मौलिक गीत सांगीतिक बजारमा आउने भएको छ र जापानिज गायिका आओई सानोलाई गीत गाउन लगाएर नेपाली संगीतलाई बिश्व बजारमा चिनाउन सकिन्छ भनेर सानो प्रयास गरिएको छ । जापानको टोकियोमा गीत रेकर्डिंग काम सम्पन्न भई सकेको यस गीतको म्युजिक भिडियो पनि छिट्टै युट्युब बजारमा आउने जानकारी गराएका छन । 

D49100D2-72F0-435B-A06E-84F31175F336

रामकृष्ण बम मल्लको लय संकलन, रमेश बिजीको सब्द लेखन र आओई सानोको स्वरमा रहेको मौलिकता झझल्काउने तीज गीतले जापानिज सहित सबै नेपालीको मन चोर्न सकोस लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको शुभ कामना । 

 

www.lekbesimusic.com

 

Love to Share :

Leave a Reply