Sun. Aug 25th, 2019

कलाकार कल्याणकारी अक्षयकोष नेपालको सहयोगार्थ गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँगीतिक साझ २०१८, हुदै ।

1 min read
Love to Share :

 

 

 

 

A78FD2ED-DF5F-4258-9A36-4B6BCACAC7B2

कलाकार कल्याणकारी अक्षयकोष नेपालको सहयोगार्थ गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँगीतिक साझ २०१८, हुदै । 

 

 

 

1B3A69CA-0F0C-4C62-B76C-CD6C4605CF84

 

 

 

 

 

 

Min Darlami, Chicago, USA, 

 

मिति :- २०१८-१०-२ तारिक मंगलबार ।

समय :- साँझ ४:३० बजे ।

स्थान :- मेगुरो कुमिन सेन्टर, टोकियो जापान । 

——————————————————————-

 

 

गीत संगीतको कुनै भाषा र भूगोल र सीमा रेखा हुदैन । गीत संगीतमा अदम्य शक्ति छ जसले हरकोहीलाई पनि आफु तिर तानेको हुन्छ । तसर्थ नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानमा नेपालको चिनारी बढाउने र दुई देश बिचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पूर्याउने नेपाल र जापान दुईदेश बिच रही आएको असल सम्बन्धलाई यस प्रकारका कार्यक्रमको माध्यमबाट जनस्तरसम्म पुर्याउने र जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गरी देशको पर्यटन प्रबद्धनमा टेवा पुर्याउने र यस कार्यक्रमबाट संकलित रकम कलाकारहरुका लागि भैपरी आउने आकस्मिक बिपत्तिमा सहयोग गर्न वि.सं. २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकारहरु र कलाप्रेमीहरुद्वारा स्थापित ’कलाकार कल्याणकारी अक्षयकोष नेपाल’ हो । कलाकारहरूलाई सहयोग गर्न संकलित उक्त अक्षयकोष हालसम्म ७० लाख रुपैया जम्मा भईसकेको र यसवर्षलाई कोष अभिवृद्धि वर्षको रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी १ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिईए अनुरुप उक्त कोषको सहयोगार्थ जापानमा “रामकृष्ण बम मल्ल प्रथम एकल सांगीतिक साँझ” गरिने भएको छ ।

775E4F77-C913-49B1-BA49-4C0CEC9FA745

विगत दुई दशक देखीको साँगीतिक यात्रा र जापान बसाईको क्रममा सिकेका, भोगेका र संगालेका यस क्षेत्रका अनुभवहरुको एकमुष्ट कार्यक्रम तर नितान्त पृथक, नयाँ शैली र उच्च प्रविधिको प्रयोग एवं प्रस्तुती रहने छ । एउटै रंगमञ्चमा नेपाली तथा जापानी वाद्यवादकहरुको संयोजनमा संयुक्त लाइभ कार्यक्रम गरिने कार्यक्रममा नेपाली बाधबादक ऋषि पौडेलले तबला, मादल, मन थापाले सारँगी, खडक पुनले बाँसुरी, उत्तम बि क.ले ढोलक तबला मादल, भरत सुनारले अक्टोप्याड र जापानिज बाधबादक Shigeyuki Konita ले गीतार लिड, taro irie ले बेस गीतार, Masami Ishiyama ले किबोर्ड, Bunta Takemura ले प्रकसन, मा आ-आफ्नौ कला कौशलता प्रस्तुत गर्ने छन भने हार्मोनियममा स्वयम गायक रामकृष्ण बम मल्लको प्रस्तुति रहने छ । 

 

 

 

640DCF10-684D-407B-AB95-7C8DB7BD0F04मल्लले हाल सम्म आफुले संकलन गरेका र संगीत भरेका बिभिन्न रास्ट्रिय गीतहरू, आधुनिक गीतहरू र मौलिक लोक गीतहरू प्रस्तुत गर्ने छन भने अतिथी कलाकारको रूपमा जापानिज गायिकाहरू आओई सानो र ईरी कावामुराको प्रस्तुति रहने छ भने गायिका सोना के.सी. र सिता पुनले गायक मल्ललाई स्वरमा साथ दिनेछन । मुल आयोजक समितीका संयोजक डि.पी. कडेल रहेका छन भने सह-आयोजकको रूपमा बागलुङ समाज जापान, गल्कोट स्पोर्ट कल्ब जापान, रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल जापान शाखा, अन्तरास्ट्रिय साहित्य समाज जापान साखा र दर्शन समाज जापान रहेको छ । 

 

 

 

संयोजक डि.पी. कँडेलले जापानमा पहिलो पटक फरक शैलीका साथ आयोजना गर्न लागिएको गायक संगीतकार रामकृष्ण बम मल्ल एकल साँझमा बिभिन्न क्षेत्रबाट सहयोग पुर्याई दिनु हुन र कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारी दिनु हुनका लागी जापानबासी नेपालीहरूलाई अनुरोध गरेका छन । 

 

 

कलाकार कल्याणकारी अक्षयकोष नेपालको सहयोगार्थ गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँगीतिक साझ २०१८ सभ्य र भब्य रूपमा सफल होस लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना । 

6468C7EF-E2A6-497D-AF69-ECBC9A993798

 

 

 

Love to Share :

Leave a Reply