Sun. Aug 25th, 2019

रामचन्द्र चन्दको “सालैजो” बजारमा आउदै

1 min read
Love to Share :

 

नव जनतेतना दैनिक पत्रिकाबाट सुशिल नेपाल…को लेखलाई साभार गरिएको ।…………

 

“हेर्दैमा राम्रो तम्घासको बजार, सालैजो रेसुँगा र लेकैमा मायालाई भेट्न म धाउदै आको, यो पहाडी भेकैमा, ज्यानकै फोटो राखेर गोजीमा आईयो रोदी माया कै खोजीमा” ।

लोक दोहोरी गायक रामचन्द्र चन्द र जमुना राना मगरको श्वरमा रहेको सालैजो गितको बोल हो । जुन गितको शनिवार पाल्पाका मनोरम स्थानमा छायाँकन गरिएको छ । स्मृती तिमिल्सेना [गुरूआमा]ले भिडियो निर्देशन गरेकी हुन । भिडियोमा शरिष्मा मगर र नरेश मगरको मुख्य अभिनय रहेको छ । हुम गैरेको लय र शब्द सँकलन रहेको यस गितले दर्शक स्रोताको मन जित्ने गायक चन्द बताउछन । करिब २ सय भन्दा बढी गितमा श्वर दिई सकेका गायक चन्दले भने- यस गितमा मगर गुरूँगमा प्रचलित परम्परा बोकेको सालैजो गित जगेर्नालाई केही टेवा पुर्याउने छ । गितको अडियो बजारमा आईसके पनि भिडियो केही दिनमा बजारमा आउने तयारी भैरहेको चन्दले जानकारी दिए ।
अन्तमा…
गायक तथा सँचारकर्मी रामचन्द्र चन्दको “सालैजो” गित सफल होस, स्रोताको मन मुटुमा बसोस । साथै साँगितिक यात्रा र सँचारक्षेत्र दुबैमा सफलता मिलोस । लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना छ ।

Love to Share :

Leave a Reply