Wed. Jun 19th, 2019

शर्मिला थापाको सांगीतिक कोशेली धर्मै हुन्थ्यो दिए बजारमा

1 min read
Love to Share :

 

MIN DARLAMI, Chicago USA

चर्चित गायक राजु परियारको सुमधुर आवाजमा शर्मिला थापाको “धर्मै हुन्थ्यो दिए” बोलको साँगीतिक कोशेली बिन्ध्याबासिनी म्युजिक मार्फत बजारमा आएको छ । यस गीतमा गायिका शर्मिला थापाले पनि आफ्नो सुरिलो आवाजको जादु छरेकी छन । 

 

१- मनको डोरी मायाले कस्न                                       कोमल रूपी त्यो दिलमा बास बस्न

धर्मै हुन्थ्यो दिए_                                                               तिमी बिना म बाँच्न सक्ने भा किन मैले तिमीसँग मायाको भिख माग्ने थिए ।

१- चोखो माया ईश्वरको बर ठानी                                 तिम्रो मुटु म बस्ने घर ठानी । 

धर्मै हुन्थ्यो दिए_                                                               तिमी बिना म बाँच्न सक्ने भा किन मैले तिमीसँग मायाको भिख माग्ने थिए ।

गोकुलराज क्षेत्रीको सब्द लेखन छ भने यस गीतको सँगीत भने चर्चित अग्रज गायक बलबिर थापाको रहेको छ । गीतका सब्दहरूले तिमी बिना म बाँच्नै सक्दिन तिम्रो चोखो माया मलाई देउ म दिल सँगै रम्न रमाउन चाहन्छु र भगवानले दिएर बरदान ठानी तिम्रो मन मुटुलाई म मेरो सुन्दर संसार सम्झिने छु भनेर ब्यक्त गरेको छ । 

राजुको जादुमयी स्वरमा गीतले सुन्दरता पाउनु स्वभाविकै हो । त्यसैमा बलविर थापाको लय सँकलन भावुकता र मन छुन मर्मस्पर्शी हुने भएकोले गीत सुन्नेलाई  आनन्द र भावुकता डुबाउने गर्दछ । 

गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठको निर्देशन, छायाँकन सुरेश श्रेष्ठ र सम्पादन बिनोद बमको रहेको छ । म्युजिक भिडियोमा बिमल अधिकारी र रूपा कँडेलले अभिनय गरेका छन । 

यस्ता खालका गीतहरू प्राय जिवन्त रहने, दर्शक स्रोताको मनमा बस्ने तर स्रोताहरूको रोजाई र हेराईमा कम पर्ने गर्दछन । तर मायाले मन मुटुमा बस्न दिए त पक्कै धर्म हुन्थ्यो भन्ने भावमा गोकुलको सब्द लेखन, बलबिर थापाको मार्मिक लय सँकलन र राजु परियार र शर्मिला थापाको गायकीमा खोट लगाउने ठाउ नै छैन । गीत राम्रो बनेको छ त्यसैले गीतको सफलताको लागि लेकबेशी म्युजिकको तर्फबाट शुभ कामना । 

 

धर्मै हुन्थ्यो दिए गीतको म्युजिक भिडियो ।

 

पाल्पाको रमणिय गाउ मै सुमन थापा मगरले निर्देशन गरेको खुमन अधिकारी र देबी घर्ती मगरको आवाजमा रहेको तपाई हामी हजुर कै गाउघरको झल्को मेटाउने सालैजो गीतको म्युजिक भिडियो हाम्रै युट्युब च्यानल Lekbesi Music  लेकबेशी म्युजिकबाट छिट्टै सालैजो गीत युट्युब बजारमा आउदैछ प्रतिक्षा गर्नुहोला ।

Love to Share :

Leave a Reply