Wed. Jun 19th, 2019

बरिष्ठ गायक बोम बहादुर कार्की अध्यक्ष, बिजु बज्रलाई प्रथम उपाध्यक्ष र महासचिबमा श्रीप्रसाद थापालाई चयन गर्दै गुल्मी कलाकार समाजको प्रथम अधिबेशन सम्पन्न ।

1 min read
Love to Share :

 

Min Darlami, Chicago, USA.

 

 

बिभिन्न क्षेत्रका संस्कृति, र संस्कारहरूलाई सम्रक्षण, गीत संगीत, कलाकारितामा लागेका सबैलाई एकजुट गराउने र भोलीका दिनमा आई पर्ने अप्ठ्यारा परिस्थितिलाई सहज अनि सहयोगी माध्यम होस भन्ने हेतुले गुल्मीबाट काठमाण्डौ आई बसोबास गरी गीत सँगीत र कलाकारितामा लागेका सम्पुर्ण गुल्मेली कलाकारहरूको साझा संस्थाको २२ सदस्यीय समिति गठन गर्दै गुल्मी कलाकार समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको विशेष अतिथिमा भरत ब चन्द लगायत अतिथि पत्रकारहरूको पनि सहभागिता रहेको थियो । 

गुल्मेली कलाकारहरूलाई भैपरी आउने समस्यालाई सहज होस भनी कलाकार अक्षयकोष स्थापनार्थ सहयोग गर्ने गुल्मीका दुई नगर पालिका र सम्पुर्ण गाउ पालिका, ग्रीन सिटी अस्पताल लोक ब टण्डन लगायत बिभिन्न सँघ सँस्थाको विशेष सहयोग रहेको थियो ।

अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न गर्नको लागि रामचन्द्र चन्दको सँयोजकत्वमा चुमन काउछा मगर लगायत अन्य सदस्यहरूलाई जिम्मा दिईएको थियो । 

 

आगामी २ बर्षका लागि गुल्मी कलाकार समाजको नवनिर्बाचित कार्यसमिति :-

 

१- अध्यक्ष :- बोम बहादुर कार्की 

२- प्रथम उपाध्यक्ष :- विजु वज्र 

३- दृतिय उपाध्यक्ष :- मन्जु पौडेल 

४- तृतीय उपाध्यक्ष :- रामचन्द्र  चन्द 

५- महासचिव :- श्रीप्रसाद  थापा 

६- सचिव :- कमल जि.सी.

७- कोषाध्यक्ष :- सन्तोष के.सी.

८- प्रबक्ता :- सुनिल थापा 

९- सह-कोषाध्यक्ष :- गायत्री थापा 

सदस्यहरूमा :-

१- शिवा अाले कार्की

२- बाबुराम पन्थी 

३- सन्तोष लम्साल

४- महेन्द्र गौतम

५- पवित्रा सर्तुङगी मगर

६- शान्ता परियार

७- अनु गुरुँग

८- प्रसाद खप्तडी मगर

९- बिनय खत्री

१०- तुलसिङ रनपछाई

११- नरेश खाती

१२- महेन्द्र भण्डारी 

१३- तिलक बस्नेत 

त्यसैगरी गुल्मी कलाकार समाजको सँरक्षक सदस्यहरूमा मिन दर्लामी मगर (अमेरिका), गाण्डिव सुवेदी (कोरिया), सुर्य थापा (अमेरिका) र गोपाल भण्डारी ( क्यानाडा) रहेका छन । 

बरिष्ठ गायक बोम बहादुर कार्कीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिलाई लेकबेशी म्युजिक डट कमको तर्फबाट बधाई तथा शुभ कामना । 

 

हाम्रो लेकबेशी म्युजिक डट कमलाई लाईक र शेयर गर्न नभुल्नु होला । साथै हाम्रो YouTube Channel Lekbesi Music (Min Darlami) लाई Like, Share र SUBSCRIBE गर्नलाई नभुल्नु होला । हाम्रो न्युज युट्युब मार्फत पनि पढ्न  पाईन्छ ।

Love to Share :

Leave a Reply