Wed. Jun 19th, 2019

मैले चिनेको बाला घिमिरे…

1 min read
Love to Share :

 

मैले चिनेको बाला घिमिरे…

 

 

 

Min Darlami, Chicago, USA.

 

सम्झना २००८ तिरको हो । म र मेरो परिवार अमेरिका आउनु थियो, हामीलाई स्पोन्सरको आबश्यकता थियो तर कसैलाई चिनिएको थिएन । हामी बाल्टीमोर आदरणिय अग्रज दाजु प्रेमराजा महतकोमा जानेकी भन्ने सोचमा थियौ तर पछी हाम्रो आदरणिय दाजु गोकर्ण बिष्टले मेरो साथी छन त्यहा जाउ म कुरा गरी दिन्छु भन्नु भयो र अन्जान बाला घिमिरे ज्युले हामीलाई स्पोन्सर पठाई दिनु भयो र बिना चिनजान, बिना जानकारी हामी बाला घिमिरे बस्ने 5909 ठेगाना लिएर आश्रय लिन अमेरिकाको सिकागो शहरमा अबतरण गरियो । त्यस पश्चात उहा कै सेरोफेरोमा रहेर CURRY HUT RESTAURANT मा उहा सँगै काम गर्न थालियो र प्रवासको जिवन सुरू गरियो । त्यसैले मैले जति बाला घिमिरेलाई चिनेको र जानेको छु त्यती अरू कसैले बिरलै चिन्नु हुन्छ होला ।

 

 

सहयोगी भाव भएका वाला घिमिरेको स्वभाव केही फरक शैलीको छ । आफुले सहयोग गरेको मान्छेलाई आफैले सहयोग गर्नु पर्दछ र आफ्नै निगरानीमा सबै हुनु पर्दछ भन्ने सोचका ब्यक्ति छन । नेपालीहरूलाई जागिर होस वा केही सहयोग गर्नु परेमा जो कोहीलाई पनि साथ र सहयोग गर्नलाई कहिल्यै पछी पर्दैनन् । प्राय केही नेपालीहरूले सिकागोमा आउदा बालासंगै काम गर्ने र पछी अन्यत्र अबसर पाएर आफ्नो काम बदल्ने ब्यक्तिहरू पनि धेरै छन ।

 

“केही गुणलाई अबगुणले काट्न सक्दछ भने केही अबगुणलाई गुणले ढाक्न सक्दछ” 

 

 

 

 

“ब्यापार र ब्यबहार दुई पाटा हुन, ब्यापारमा खरो हुन नसके असफल भइन्छ भने ब्यबहारमा चुकियो भने समाजमा रहन गारो हुन्छ” बालाले ब्यापारमा ५१% र ब्यबहारमा ४९% ध्यान दिने गरेको कारण नै एउटा सफल ब्याबसायी बन्न सफल भएका छन । हाल उनीसंग CHICAGO CURRY HOUSE, र दुईवटा NEPAL HOUSE RESTAURANT गरी ३ वटा रेष्टुरेण्ट छन । जहा प्राय नेपालीहरूले रोजगारी पाएका छन । १४/१५ बर्ष देखी रेष्टुरेन्ट ब्याबसाय गर्दै आई रहेका बाला घिमिरे मान्छेलाई कसरी साथ र हात लिन सकिन्छ भन्ने जानेका एउटा सफल र चतुर ब्याबसायी पनि हुन ।

 

 

 

Equity Council Member-Chicago
Commission on Human Relations & council member Secretary of State Illinois  लगायत थुप्रै संघ/ संस्थामा आबद्ध रहेका बाला घिमिरे नेपाल सरकारको तर्फबाट सिकागोलाई हेर्ने पर्यटनदुत पनि हुन । प्रवासी नेपाली मन्चका पुर्ब बरिष्ठ उपाध्यक्षको पदमा बसेर काम गरेका बाला घिमिरे आन्माका निबर्तमान अध्यक्ष पनि हुन । त्यसैगरी गत बर्ष २०१८ मा सिकागोमा सम्पन्न विभिन्न संघ/संस्थाहरुको सयुक्त रुपमा आयोजना गरिएको सयुक्त राष्ट्रिय सम्मेलनका सभाध्यक्ष भएर आफ्नो काम बफदारीका साथमा सफलता पुर्बक सम्पन्न गरेका छन ।

 

 

 

२ दशक देखी इलोनोइज राज्यको सिकागो शहरमा बस्दै आई रहेका एक सफल व्यवसायी बाला घिमिरे आगामी गैर आवासीय नेपाली संघ अमेरिकाको हुन गई रहेको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भनेर घोषणा गरेका छन । त्यसैले हामी सिकागोबासी र अमेरिकामा रहनु हुने सबैको लागि एउटा उपयुक्त समय आएको छ, हामीले हाम्रो आ-आफ्नो क्षेत्रबाट उनलाई सक्दो सहयोग गरेर उनीबाट लिन सकिने बिविध साथ र सहयोगको भरपुर प्रयोग गर्नु पर्दछ । साथै बाला घिमिरे यस्तो ब्यक्ति हो जसले संघ संस्थाको बिभिन्न पदमा बसेर काम गरेका र गरी रहेका ब्यक्ति भएकाले अमेरिकामा भएका नेपालीहरूको लागि राम्रो काम गरेर देखाउन सक्ने छन । बाला घिमिरे अन्य जस्तो अहँकारी नभई सहज र सरल तरिकाले आफ्ना बिचार र दुखेसो अभिब्यक्त सकिने ब्यक्ति भएकाले यस पटकलाई उपाध्यक्ष पदको उत्तम उम्मेदवार बाला घिमिरे नै भएको दावीका साथ भन्न सकिन्छ ।

 

 

हामीले हाम्रो मत र अभिमत बाला घिमिरेको लागि प्रयोग गरेर अमेरिकामा बस्दै आई रहेका सम्पुर्ण प्रवासीहरूले साथ र सहयोग अनि काम गर्ने अबसर दिनु हामी सबै मतदाताहरूको कर्तब्य हो र तपाई हामी चुक्नु हुदैन भन्ने मेरो मान्यता हो ।

 

Love to Share :

Leave a Reply