रिचार्ड गैरे र ललन कुमार देबको प्रतिस्पर्धाले सिकागोमा रौनक ।
1 min read
स्रोत प्राप्त समचार साभार गरिएको छ ।
सिकागो , युएसएस अप्रिल २४
यति बेला अमेरिकामा एनआरएनको राष्ट्रब्यापी निर्वाचन भैरहेको छ । साथ साथै हरेक १०० जना भन्दा बढि एन आर एन सदस्य भएका राज्यहरुमा पनि स्टेट च्याप्टरको निर्वाचन पनि हुन गैरहेको छ । न्युयोर्क, क्यालिफोर्निया, टेक्सास सिकागो जस्ता बाक्लो नेपालीहरुको जनघनत्व भएको शहरहरुमा नेतृत्वमा आउन चर्को प्रतिस्पर्धा भैरहेको छ । यसरी प्रतिस्पर्धा भएका कतिपए ठाउमा बिचार सहितको प्रतिस्पर्धा छ भने कतिपए ठाउमा व्यक्तित्वको टकराव समेत देखिन्छ । यसै सिलसिलामा सिकागो च्याप्टरका सचिब रहेका र यहाका सर्वाधिक रुचाइएका उम्मेदवार बाबुराम सापकोटा आफु सर्व सम्मत भए नेतृत्व लिने अन्यथा नलिने भनेर निर्वाचनको मैदान छोडे पछि बिगतमा सिकगोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीका कोषाध्यक्ष रहेका सिकागोका सामाजिक अभियन्ता तथा जनसम्पर्क समितिमा इलिनोइज अमेरिकाका सचिब रिचार्ड (ऋषिराम ) गैरे र बर्तमान कार्य समितिका कोसाध्यक्ष ललन कुमार देब बिच रोमान्चित प्रतिस्पर्धा हुने भएको छ । सिकागो इलिनोइज शहरको मुख्य सिटी हो । शहरी क्षेत्रमा रिचार्ज गैरेको राम्रो भोट छ भने शहर उन्मुख गाउ एरियामा ललन देबको राम्रो भोट रहेको देखिन्छ । जातिय टाइपको भोट पनि दुवै उम्मेदवारलाई बराबर नै पाउने अवस्था देखिन्छ ।
सिकागोमा मेम्बर्शिव ड्राइभमा निकै सक्रिय रहेका सिकागोका सामाजिक अभियन्ता सुरेन्द्र चौधरी पनि सिकागोमा यो बर्षको चुनावमा रमाइलो हुने बताउनु हुन्छ । सिकागोमा रहेका मतदाताहरु दुबै उम्मेदवारको स्थिती उस्तै उस्तै रहेकोले दुई मध्य कस्ले बाजी मार्ला भनेर यसै भन्न नसकिने बताउछन । चुनावको माहोल दिनानु दिन तातिदै गएको र अन्तिम अवस्था तिर पुग्दा कस्को पक्षमा कस्को मत भारी पर्ने हो थाहा छैन ।
सिकागो छाडेर भर्खर अर्को स्टेटमा पुगेका एक जना पुर्व सिकागोका ब्यक्तिले भने यो सबै नाटक मात्र भएको र अन्तिममा एकले अर्कोको खर्च भएको रकम खल्तिमा हाली दिए पछी सबै हल्ला सामसुम हुने बताउछन । उनले भने “चुनाव लड्न न मुटु चाहिन्छ यो सबै मान्छेले हिम्मतले गर्न सक्ने बिषय होइन ।” हुन पनि बिगतमा उम्मेदवारहरु बन्दाका बेला कतिपए उम्मेदवारहरूले मैदान छोडेर भागेका कमजोरी देखेका सिकागोबासी यो पटक पनि त्यही प्रकृया नदोहोरिएला पनि भन्न सकिन्न । हल्लाका पछी लाग्नु भन्दा पनि सिकागोका प्रतिष्ठित २ उम्मेदवारहरुको प्रतिस्पर्धा स्वस्थ रहोस दुबै जनालाई शुभ कामाना ।
साभार न्युज…