Mon. Jul 22nd, 2019

एन.आर.एन.ए. चुनाबले सिकागो शहर तात्दै सेलाउदै…।

1 min read
Love to Share :

राजनिति यस्तो फोहोरी खेल हो जहा आफ्ना, आफ्नो र आफन्ती पनि भन्दैन जसमा साथी भाईको कुनै अर्थ नै राख्दैन त्यो सम्भव केवल राजनितिमा मात्रै हुन्छ । यही राजनितिमा आफ्नै पक्ष पनि बिपक्ष हुने गर्दछ ।

 

 

आगामी एनआरएनए अमेरिकाको चुनाव नजिकिदै गर्दा प्यानल सहितको प्रचार प्रसारले भेटघाटमा तिब्रता र सामाजिक संजाल पनि रंगिएको छ । यसैक्रममा अमेरिकाकै मुख्य शहरहरु मध्यको एक सिकागोमा पनि चुनावी कार्यक्रमहरुले ब्यापकता पाएको सजीलै महशुस गर्न सकिन्छ ।

 

 

एनआरएनको करीब २७० सदस्यहरू भएको यस ईलीनोज राज्यमा अमेरिकामा खुलेर नेपालका राजनैतिक पार्टीसंग सम्बन्धित बामपन्थी र काँग्रेस भनेर नदेखिए पनि भित्री रुपमा २७० मध्ये २०० जना जती बामपन्थी उम्मेदवार समर्थक रहेको कुरा सिकागोका पुर्ब एमाले निकट एक सामाजिक अभियानताले बताएका छन ।

 

यही MAY 14th मा जनसम्पर्क समिति नजिकका केही अगुवाहरुको आयोजनामा चुनावी भेटघाट र अंतरकृयाको आयोजना गरिएको कुरा एनआरएन आभियान्ता सुरेन्द्र चौधरीले जानकारी दिएका छन भने यता बामपन्थी नजिकका केही अगुबाहरुले पनि अध्यक्ष पदका उम्मेदवार संजय थापा लगायतका केही उम्मेदवारहरुलाई बोलाएर यही May 13th मा अर्को समुह भन्दा एक दिन अगाडी कार्यक्रमको आयोजना गरेर सिकागो तताउने हल्ला चलेको थियो । आयोजक मध्ये एक जनालाई सम्पर्क गर्दा छलफल भई रहेको कुरा बताएका थिए भने अरु बामपन्थी समुहलाई सम्पर्क गर्दा हामीलाई जानकारी नै छैन भनेका थिए । वास्तवमा तताउन नपाउदै स्लाउनुमा सामुहिक सरसल्लाह बिना नै राजनैतिक फाईदाको लागि वा जसलिनको लागि गरिएको हो भन्ने खालका कुराहरु पनि हल्ला सुनिएको थियो ।

 

 

बामपन्थी समुहको बाहुल्यताको साथ साथै राजनितिमा आफु जान्ने सुन्ने र चतुर बामपन्थीहरू भए पनि यस बिषयमा जनसम्पर्क समितिका तर्फबाट सुरेन्द्र चौधरीले राजनैतिक हिसाबले बाजी मारेको प्रष्टै देखिन्छ । किनभने सुनिल शाहको समुहले यही में १४ मा सिकागो शहरमा आफ्नो पक्षको बिशेष जलपान र डिनर सहित भेटघाट अनि बिचार गोष्ठी राखेको छ ।

 

 

Love to Share :

Leave a Reply