Mon. Dec 16th, 2019

नरेश खातीको संगीतमा मेक्सम खाती र मेलिना राईको आवाजमा “तिम्रो रूपैको जादु”

1 min read

 

Min Darlami, Chicago, USA.

सर्जक तथा गायक नरेश खातीको सँगीत र कुमार पौडेल ‘जिरो’को सब्द सँकलनमा मेक्सम खातीको तिम्रो रूपैको जादु बोलको गीत गोरक्षा म्युजिक प्रा.लि. मार्फत मेकशम खातीको युट्युब च्यानल मार्फत बजारमा आएको छ । यस गीतमा मेलिना राई र मेक्सम खातीको आवाज रहेको छ भने गीतको एरेन्जर कमल सौरागले गरेका छन । ए-वन स्टुडियोमा रेकर्ड भएको यस गीतको रेकर्डको काम राजेश र मिक्सिंगको काम किशोर थापाको रहेको छ ।

म्युजिक भिडियोलाई किशोर खालीले निर्देशन गरेका छन । छायाँकन शंकल भुजेल र सम्पादन बनिश शाहले गरेको म्युजिक भिडियोमा गायक मेक्सम खाती र स्नेहा पौडेलले अभिनय गरेका छन । लोक दोहोरी गीतका माहिर गायक मेकसमले सबै गायन बिद्यामा आफ्नो परिचय दिई रहेका छन ।

नरेश खातीका सँगीतहरूले स्रोताको मन मुटुमा बस्न सफल हुने गरेका छन भने मेक्सम खाती र मेलिना राईको स्वर रहेको यस गीत ‘तिम्रो रूपैको जादु’ले पनि सफलता चुम्न सकोस लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना ।

 

 

तिम्रो रूपैको जादु… मेक्सम खाती र मेलिना राई 

Leave a Reply