Sun. Aug 25th, 2019

लालमाया थापा र संचारकर्मी दिपक दर्लामी मगरको साँगीतिक कोशेली “चरी कहाँ बस्यो” युट्युब बजारमा ।

1 min read
Love to Share :

 

आज भोली लोक दोहोरी गीतमा फरक धार चली रहेको बेलामा संचारकर्मी तथा गायक दीपक दर्लामी मगर र गायिका लालमाया थापाले “चरी कहाँ बस्यो” बोलको पुरानै शैलीको गीत युट्युब बजारमा ल्याएका छन् ।

 

चरी कहाँ बस्यो गीतमा शब्द, संगीत दिपक दर्लामी मगरको नै रहेको छ भने स्वरमा लालमाया थापाले दिपकलाई स्वरमा साथ दिएकी छिन ।

सुमार्ग फिल्मसको प्रस्तुति रहेको यस “चरी कहाँ बस्यो” गीतलाई कृष्ण भान्जाले संगीत संयोजन र बिमल छिनालको रेकर्डिँग रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र रामजी खाँणको नृत्य तथा अभिनय रहेको छ । भिडियोको छायाँकन सागर गौतम र सम्पादन दिपक बिष्टले गरेका छन ।

दिपक र लालमायाको “चरी कहाँ बस्यो” गीतको सफलताको लागि लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना ।

 

 

चरी कहाँ बस्यो…

Love to Share :

Leave a Reply