Sun. Aug 25th, 2019

बसन्त थापा र लक्ष्मी मल्लको “लोभी आँखा” गीत पनि मिलियन क्लवमा प्रबेश…

1 min read
Love to Share :

 

 

१- घरको छतमा सुन्दरी आई रनी
उसलाई मात्र हेर्न मन लाई रनी ।
मखमली चोलीमा तुना ढाकैको_
तेसै माथी झल्कियो फुली नाकैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

१- त्यो मान्छेले हेरेको हेर्यै छ
मेरो जिउमा तेस्तो चिज के रैछ ।
शिरूपाते जुँगामा टोपी ढाँकैको_
तेसै माथी परे म फूल पाखैको
कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

 

 


MIN DARLAMI, CHICAGO, USA, May 27 

गीत संगीतमा परिवर्तनका सम्बाहक कोही न कोही एक्का बन्ने गर्दछन । त्यसै परिबर्तनका सम्बाहक मध्य म्युजिक भिडियोका एक उदाहरण हुन शिब बि.क. । सुरूवाती दिनमा पनि लोक दोहोरी गीतको म्युजिक भिडियोमा उनैको बिशेष योगदान थियो भने हालको म्युजिक भिडियोमा पनि परिबर्तन उनै निर्देशक शिब बि.क. को बिशेष र भिन्न योगदान छ ।

त्यसै गरी गीत संगीतमा पनि बिभिन्न खालका पुराना, मध्यम र केही नयाँ शैलीका गीत सँगीत सृजना गरेर स्रोता दर्शकको मन जित्न सफल गायक सर्जक बसन्त थापा पनि पछिल्लो समय एउटा फरक धारको तर पुरानो शैली कै सृजना “सालको पातको टपरी” गीत सृजना गरेर सांगीतिक बजारलाई नै फरक धारमा जबरजस्त प्रबेश गराएका सफल सर्जक बसन्त थापा पनि सबै सर्जकका लागि एउटा उदाहरण नै हुन । हालको सांगातिक बजार बसन्त थापामय भएका बिभिन्न उदाहरणहरू छन ।

हाल सांगीतिक बजारमा बसन्त थापाको हावा चलेको छ, बसन्त थापाको जस्तै धार बोकेका र उस्तै शैलीका गीत र सँगीतहरू बजारमा छ्याप-छ्यापी दुरूल्तै अर्थात सुन्दा उस्तै लाग्ने नाम चलेका बरिष्ठ सर्जक मार्फत पनि आई रहेका छन भने गीत संगीतलाई नजिकबाट नियाल्नेहरू र केही बुझेका दुर्गा पँगेनी, तिलु शर्मा, प्रकाश ढकाल र गायक केशब शर्माहरूले पुराना गीतहरूसंग मेल खाने गीतहरूलाई चोरी गर्ने बरिष्ठ देखी कनिष्ठ सर्जकहरूको खुलेरै बिरोध जनाउने गरेका छन । वास्तवमा यो बिरोध अहिलेको आबश्यकता पनि हो । यथार्थलाई तथ्य सहित बिरोध गर्दा सर्जकहरूले म्यासेन्जरमा म्यासेज गरेर धम्क्याउने, फेशबुक ब्लक गर्ने, फलानो ढिस्कानो जानेको नजानेको ईत्यादी… भन्ने गर्ने कार्य दिनानु दिन आकासिदै गई रहेको छ । पुराना गीतहरू हुबहु चोरी गर्ने र गराउने अनि गीतमा पैसा लगानी गर्नेहरूलाई बलीको बोको बनाउने जुन प्रचलन बढेको छ त्यो कदापी राम्रो भने हुदै होईन ।

निर्देशक शिब बि.क.ले भिडियो मार्फत लिएको परिबर्तन र गायक सर्जक बसन्त थापाले लिएको परिबर्तन मार्फत सँगीत सृजनाले हालको सांगीतिक बजारमा लगानी त बढेको नै छ म्युजिक भिडियोलाइ युटयुबमा हेर्ने भ्युजहरूको पनि मिलियन मिलियनमा बाढी नै ल्याई दिएको छ । यही र यसै बाढीसंग हालै उनै सालको पातको टपरी हुनी गीतका सर्जक बसन्त थापाले सृजना गरेको लोभी आँखा बोलको गीत सांगीतिक बजार युट्युब बजारमा धमका मच्याउदैछ छ । जसमा स्वयम बसन्त थापाको स्वर छ भने बसन्तलाई उनै सेल्फी गीतकी सेल्फी गायिका लक्ष्मी मल्ल स्वरमा साथ दिएकी छन । बसन्त थापा र लक्ष्मी मल्लको स्वर रहेको लोभी आँखाले सबैको युट्युब मार्फत सँगीत र श्रब्य दृष्यले लोभ्याई रहेको छ  ।

समय परिबर्तन सँगै आफुलाई परिबर्तन गर्न सक्ने बरिष्ठ निर्देशक शिब बि.क. लोक दोहोरी गीतको भिडियोमा फिल्मी कलाकारहरूलाई पनि प्रयोग गर्दै आई रहेका छन र आज भोली फिल्मी कलाकार पनि लोक दोहोरी गीत मार्फत छलाँग मार्ने गरेका छन । यसै क्रमलाई निरन्तरता दिदै शिबले “लोभी आँखा” गीत मार्फत शिल्पा र पुष्पको जोडीलाई आफ्नो ईशारामा नचाएका छन । गीत संगीत र गायकी जस्तै यस गीतमा शिल्पा र पुष्पको जोडी गज्जव जमेको छ ।

 

 

यस लोभी आँखा गीतमा सब्द कृष्ण के.सी.ले लेखेका छन । संगीत संयोजन आशिष अविरलले गरेका छन भने गीतलाई “आफ्नो मन युट्युब च्यानल” मार्फत सांगीतिक बजारमा आएको छ ।

लोभी आँखा गीतलाई सर्जक गायक बसन्त थापा र लक्ष्मी मल्लले न्याय गरेका छन भने निर्देशक शिब बि.क. श्रब्य दृश्य मार्फत सुनमा सुगन्ध सहित गीतमा कलर भरी दिएका छन । त्यसैले “लोभी आँखा” गीतले पनि मिलियन क्लबमा प्रबेश गीतको सफलताको लागि लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना ।

 

लोभी आँखा…  म्युजिक भिडियो । 

Love to Share :

Leave a Reply