Wed. Jun 19th, 2019

नबनिर्बाचित एनआरएनए एनसीसी अमेरिकाका बोर्ड अफ डाईरेक्टर तिलक के.सी. द्वारा सिकागोमा भेटघाट तथा शुभ कामना आदान प्रदान ।

1 min read
Love to Share :

 

Min Darlami, Chicago, USA. May 28 Tuesday !

सिकागो २८ मंगलबार । हालै सम्पन्न भएको एनआरएनए एनसिसि अमेरिकाको चुनाबमा बोर्ड अफ डाईरेक्टरमा बिजयी तिलक के.सी. ले सिकागो शहरमा पहिलो धन्यबाद तथा शुभ कामना कार्यक्रम सम्पन्न गरेका छन । तिलक के.सी. आफु मिल्वाकी निवासी भए पनि उनले सिकागोबाट नै आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए भने सिकागोबाट नै आफ्नो अभियानमा साथ दिने र मतदान गरेर प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई भेटघाट गरी धन्यबादका साथमा शुभ कामना आदन प्रदान गरेका थिए

भने आफुले बोलेका प्रतिबद्धतालाई जति सकिन्छ त्यती पुरा गर्न लागी पर्ने बिचार पनि ब्यक्त गरे । के.सी. ले उदार दिल देखाउदै बाला घिमिरे र आफु बिच हुने प्रतिपद्धताका बारेमा पनि पनि प्रष्ट राखेका थिए । जसमा उनको भनाई थियो “बाला जी म हारे पनि तपाई जिताउने छु भन्दथे भने बाला जीले भन्नु हुन्थो म हारे पनि तपाईलाई जिताउछु भन्नु हुन्थ्यो । के.सी.ले भने तर म हारे बाला जीले जित्नु भयो” । यानिकी बालाको लक्ष्य पुरा भयो भने के.सी. ईच्छा अधुरो ।

CHICAGO CURRY HOUSE “सिकागो करी हाउस”मा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए एनसिसि अमेरिकाको उपाध्यक्ष पदका प्रत्याशी बाला घिमिरेको पनि उपस्थिति रहेको थियो । घिमिरेले चुनाबमा आफु पराजित भए पनि तिलक जीले जित्नु भएको छ त्यो हाम्रो लागि गौरब हो । बालाले भने एनआरएनए संस्था र प्रबासी नेपालीको लागि सदैब दिल खोलेर साथ र सहयोग गर्ने प्रतिबद्धता गरेका छन मतदान गर्ने सम्पुर्ण मतदाताहरूलाई धन्यबाद दिएका थिए । साथै एनआरएनए एनसिसि अमेरिकाको पुर्ब बोर्ड अफ डाईरेक्टर गोबिन्द श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई एनआरएनए ईलिनोई च्याप्टरका सचिब बाबुराम सापकोटाले सन्चालन गरेका थिए भने सोही भेटघाट कार्यक्रममा खेम पाठकका साथै नबनिर्बाचित च्याप्टर सचिब राज थापा, एनआरएनए अभियन्ता सुरेन्द्र चौधरी, सुरज घिमिरे, ईलिनोई पुर्ब च्याप्टर अध्यक्ष सुमन वस्ती, डा. रामकृष्ण शाह, खेम पाठक, खेम पन्थी, गोपीचन्द्र भुसाल, जगन निरौला, बिश्व राई, धनश्याम भट्टराई, गोबिन्द खनाल, बिदुर काफ्ले, बलराम पोख्रेल, हेम चौधरी, मधु सागर पौडेल,

भोजराज गैरे, राज पाठक, शिब कुमार आचार्य, लगायत बिभिन्न राजनैतिक बिचारधाराका ब्यक्तिहरू अनि आशा पिक्चर्सका आर एल शेर्पा, लगायतका ब्यक्तिहरूको पनि उपस्थिति रहेको थियो । सोही भेटघाट कार्यक्रममा उपस्थित सबैले बिजयी तिलक के.सी.लाई शुभ कामना र सुझाव सहित आ-आफ्नो बिचार पनि ब्यक्त गरेका थिए ।

सामाजिक अनि एउटा बौद्धिक ब्यक्तित्व तिलक के.सी.लाई एनआरएनए एनसिसि अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा बिजयी गराउनु हुने सम्पुर्ण मतदाताहरूलाई लेकबेशी म्युजिक डट कमको तर्फबाट धन्यबाद र बिजयी तिलक के.सी. ज्युलाई २ बर्षे कार्यकाल र एनआरएनए अमेरिकालाइ जनअपेक्षा अनुकुल सबैको एनआरएनए बनाउने लक्ष्य अनि प्रतिबद्धता सफलहोस भनि शुभ कामना ।

🌹🌹🌹
तिलक के.सी. फेशबुकमा ब्यक्त गरेको प्रतिबद्धता…

“हजारौँ माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ ।” बिख्यात चिनिया दार्शनिक ला ओत्सेको यहि भनाइलाइ आत्मसात गर्दै मैले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको यात्रा शुरु गरे । मेरो चुनाबी अभियानको श्रीगणेश भएको शहर शिकागोबाट त्यस्तो अर्थपुर्ण यात्राको थालनी मेरो लागि आफैमा एक रोमांचक संयोग बन्न पुगेको छ । कुनै पनि संस्थामा आबद्ध हुनु आफैमा महत्वपुर्ण होइन महत्वपुर्ण त त्यो हो जब तपाइ जनआकंक्षा अनुरुप काम गर्नुहुन्छ । यस सन्दर्भमा आगामी २ बर्ष मैले गर्नु पर्ने काम के होलान भनि सुझाब संकलनका लागी आयोजीत कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान दिनु भएका बुद्धिजीबि, व्यवसायी, पत्रकार, समाजसेवी लगायत सर्वसाधरणबाट ज्यादै उपयोगी सुझावहरु ग्रहण गर्ने अवसर मिल्यो । यी सबै एनआरएनएको यात्रामा मेरा लागि मार्गदर्शक हुन । म वहाँहरुको साथ र सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै एनआरएनए अमेरिकालाइ जनअपेक्षा अनुकुल सबैको एनआरएनए बनाउने प्रतिबद्धता जाहेर गर्दछु ।

तिलक के.सी.
बोर्ड अफ डाइरेक्टर (निर्वाचित)
एनआरएनए एनसीसी अमेरिका ।

Love to Share :

Leave a Reply