Sun. Aug 25th, 2019

रामकृष्ण बम मल्लको “बिनायो रुदैछ”

1 min read
Love to Share :

आफ्नो जन्मभूमि नेपाल देखी धेरै टाढा प्रवासको जिवन, मनमा अनेक कल्पनाहरू, सपनाहरू सँगालेर, ब्यस्त जिवन बिताउदै जापानलाई कर्मथलो बनाए पनि नेपाली गीतसंगितको आफ्नो पुरानो मैदानलाई माया मार्न नसकेका गायक रामकृष्ण बम मल्लको आवाजमा रहेको नयाँ साँगितिक कोशेली “अार एस डिजीटल प्रा.ली.” मार्फत म्युजिक भिडियो “बिनायो रुदैछ” भन्ने गित बजारमा आएको छ ।

हाम्रो पुरानो संस्कृति र नेपाली परम्परागत बाजा बिनायो, सारंगी, मुरचुङगा, बाँसुरी, जस्ता लोक प्रिय बाजा आज भोली हराउदै गएको र मारुनिमा नाच्ने रहर पनि मनमै साँचिएको उनले गीतका शब्द र गायकी मार्फत व्यक्त गरेका छन ।
बिनायो बिरामी छ, साराङगी रूदै छ
मुरचुङगा मुर्छा पर्यो, यस्तो के हुदै छ
सोरठीमा नाच्ने रहर मनैमा साँचियो
पहाडसंग तराई पनि रिसाएको होकी
शिरको हिमाल पिरै पिरले पहिरो जाने होकी
मुजुरा हरायो खैजडी नासियो
मारूनीमा नाच्ने रहर मनैमा साँचियो ।।
यो “बिनायो रुदैछ” गीतमा चर्चित गीतकार एवं सँगितकार एकनारायण भण्डारीको एथार्थपुरक शब्द कोरेका छन । गायक रामकृष्ण बम मल्लले सुमधुर आवाज दिएका छन र अहिलेका चर्चित सँगितकार श्रीकृष्ण बम मल्लले संगित भरेका छन ।
यो गितको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन भने छांयाकन राजेश घिमिरे गरेका हुन । म्युजिक भिडियोको सम्पादन भने नविन घर्तिमगरले गरेका छन ।
अन्तमा…
गितको शब्द, सँगित र गायकी अनि भिडियो सबै राम्रो बनेको छ । त्यसैले यो “बिनायो रुदैछ” गितले सबैको मन मुटुमा बास र माया पाओस लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलताको शुभ कामना ।

बाँकी म्युजिक भिडियोमा हेर्नुहोस ।

Love to Share :

Leave a Reply