Sun. Aug 25th, 2019

खुमन अधिकारी, रमिला न्यौपाने र बाबुराम बोहोराको जोडी “बाडुल्की” सँगै युट्युब बजारमा

1 min read
Love to Share :

 

आज भोली महँगो गीत सँगीतले बजार तताई रहेका छन । त्यसै गरी गायकहरू पनि आफै भिडियोमा नृत्य र अभिनय गर्ने प्रचलन ह्वात्तै बढेको छ । यसैक्रममा तृसना म्युजिक प्रा.लि.को प्रस्तुति रहेको बाडुल्की बोलको सांगीतिक कोशेलीमा पनि गायक खुमन अधिकारी नृत्य गरी रहेको श्रब्य दृश्यमा देख्न पाईन्छ ।

बिगत केही बर्ष देखी जम्दै आई रहेको पुरानै जोडी बाबुराम बोहोराले शब्द लेखेका छन भने खुमन अधिकारी र रमिला न्यौपानेको स्वर दिएका छन । ‘बाडुल्की’ गीतमा सामुहिक स्वर पनि रहेको छ जसमा विक्रम परियार, आकाश गौतम, रिषि खड्का, प्रदिप पाण्डे, सान्ता परियार, स्मृति साही, सर्मिला विश्वकर्मा र पुष्पा बोहोराको स्वर रहेको छ । खुमन अधिकारीको लय सँकलन र आशिष अबिरलले सँगीत संयोजन गरेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका छन ।

बाडुल्की गीतको म्युजिक भिडियोमा खुमन अधिकारी र अनु पराजुलीले अभिनय र नृत्य गरेका छन । भिडियोको छायाँकन राजेश घिमिरे छ भने विष्णु शर्माले भिडियो सम्पादन गरेका छन ।

बाबुराम बोहोराको सब्द सँकलन खुमन अधिकारीको लय सँकलन र खुमन अधिकारी अनि रमिला न्यौपानेको बाडुल्की गीत अहिलेको चलन चल्ती अनुसार राम्रै गीत बनेको छ । त्यसैले बाडुल्की गीतले युट्युब बजारमा सबैको मन जित्न सकोस गीतको सफलताको लागि लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना ।

“बाडुल्की” खुमन अधिकारी र रमिला न्यौपानेको 

Love to Share :

Leave a Reply