Tue. Apr 7th, 2020

बरिष्ठ लोक गायक बोम बहादुर कार्कीले गीत सॅंगीत चोरी र श्रष्टा सर्जकहरूको शोषण भएकोले दरिलो अभियान चाल्नु पर्ने बेला आएको भन्दै फेशबुक स्टाटस् लेखेका छन ।

1 min read

 

गीत संगीत सबैको सुखको पनि दु:खको पनि साथी हो जसले रमाईलोमा पनि रमाउन सकिन्छ पिडामा पनि सुनेर भावना साट्न सकिन्छ झण्डै दशक देखी गीत संगीतमा लागेर गायकीको माध्यमबाट शिखर चुम्न सफल नाम हो बोम बदादुर कार्की जसले त्यो समयमा दाम, नाम प्रतिष्ठा मनग्य कमाउन सफल भए, जसलाई रेडियोमा बोलेको गाएको सुन्नलाई प्रत्यक घरघरको रेडियो वा छिमेकीको रेडियोमा झुम्मिने गर्दथे

जसले लोक दोहोरी रेकर्ड गरेर अडियो रिलमा समेत पहिलो पटक बजारमा निकालेका थिए उनैसॅंगीतका शिखर पुरूष बोम बहादुर कार्कीले श्रष्टा, सर्जक गीत सॅंगीतसंग सम्बन्धित सबैलुटिएको मैले नबुझेको भनेर फेशबुकमा स्टाटस् लेखेर आफ्नो भित्री पिडा ब्यक्त गर्नु भनेकोदुखद परिस्थिति हो पुराना गीतहरूलाई युट्युब च्यानल मार्फत प्रयोग गरेर दुरूपयोग गरिएको म्युजिक नेपाल जस्तो पुरानो प्राईवेट संस्थाले नेपाल सरकारको स्वामित्वमा रहेको रेडियोनेपालमा रहेका पुराना गीतहरू बाहिर कम्पनिलाई बजार ब्यबस्थापनको लागि दिएका प्रायकलाकारहरूको गीतहरू स्वयम् सर्जकलाई नै जानकारी नदिईफलानो कम्पनीको अनुमतिले” (ON BEHALF OF  S… A2Z) भनेर लेख्दै बिना लगानी आफ्नो (MUSIC NEPAL) नामकोच्यानलमा अपलोड गरी श्रष्टाहरूको सृजना  दुरूपयोग गर्दै शोषण गरी रहेको देखेर आश्चर्य मान्दैआफ्ना भावनाहरू ब्यक्त गरेका छन साथै यस किसिमको सॅंगीतमा शोषण अत्याचारले सिमानाघेको बेलामा सबै मिलेर दरिलो अभियान चलाउदै श्रष्टा सर्जक सॅंघ सॅंस्थाहरू पनि बचाउनेबेला आएको भन्दै बरिष्ठ लोक गायक बोम बहादुर कार्कीले सबैलाई जाग्न उत्प्रेरणा दिएकाछन

बरिष्ठ लोक गायक बोम बहादुर कार्कीको स्टाटस् जस्ताको तस्तै

यतिबेला गीत सङ्गीतको अधिकार प्राप्ति प्रयोग तथा त्यसको विविध प्रयोगबाट प्राप्त हुनेअर्थोपार्जनको कारण रेडियो नेपाल देखी अन्य सङ्गीतसंग संबद्ध संघ संस्था सर्जक श्रष्टाकलाकार त्यस सम्बन्धी अधिकारक्षेत्रको बिषयलाई लिएर रस्साकस्सीमा उत्रिएको अवस्था

बौद्धिक सम्पत्तिको संबैधानिक हकको लागि जुर्मुराउनु स्वभाविक हो त्यसक्रममा यो भित्र धेरैकुराहरू हुन सक्छन् जुन कुरा सम्बन्धित क्षेत्रले निश्चित परिणाम न्याय दिनेछ नै ! योअभियानसंगै अरुको गीत सङ्गीतलाई नितान्त अर्थोपार्जनको निमित्त सम्बन्धित ब्यक्तिकोअधिकार हनन हुने गरी बिना सहमति उसको सर्बाधिकार छल्ने नियतले सोही गीत सङ्गीतलाईविभिन्न तरीका अप्नाई आफ्नो ब्यक्तिगत युट्युब च्यानलमा राख्ने प्रवृत्तिले सम्बन्धित श्रष्टा, सर्जक, कलाकार संघ संस्थालाई पुर्‍याएको हानी नोक्सानी प्रति पनि दरिलो अभियान चाल्नु पर्नेबेला आएको होइन मैले नबुझेको कुरा…….!

 

गीत सॅंगीतका धरोहरहरूले बुझ्न नसकेको साॅंगीतिक क्षेत्रको प्राईवेट कम्पनीको लुटतन्त्र अरू कसले बुझ्न सक्दछ यसबिषयमा सरोकारवालाहरूको ध्यान जाओस जय गीत  जय सॅंगीत

Leave a Reply