Sat. Sep 21st, 2019

ईलिनोईमा हेल्पडेस्क पदाधिकारीहरूलाई प्रमाण-पत्र बितरण ।

1 min read
ईलिनोईमा हेल्पडेस्क पदाधिकारीहरूलाई प्रमाण-पत्र बितरण

ईलिनोईमा हेल्पडेस्क पदाधिकारीहरूलाई प्रमाण-पत्र बितरण

Love to Share :

जुन ३० सिकागो ।

एन.आर.एन.एन.सी.सी. अमेरिकाको हेल्पडेस्क समितिले संस्थाको इलिनोइ राज्य च्याप्टरको हेल्पडेस्क समितिका पदाधिकारीलाइ औपचारीक प्रमाणपत्र प्रदान गरेको छ । एन आर एन हेल्पडेस्क इलिनोइ च्याप्टरका २०१७-२०१९ समितिलाई सो प्रमाण पत्र प्रदान गरिएको हो ।

इलिनोइको स्थानीय संस्था सिकागो नेपाली फ्रेन्डशिप सोसाइटी (सीएनएफएस)ले प्रमाण-पत्र वितरणको लागि कार्यालयको स्थान उपलब्ध गराएको थियो । एन आर एन हेल्पडेस्क इलिनोइ च्याप्टरका संयोजक बाबुराम सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा हेल्पडेस्क केन्द्रिय समितिका सदस्य सुमन वस्ती प्रमुख अतिथिका रुपमा हुनु हुन्थ्यो । सो अबसरमा कार्यक्रमका अतिथि सीएनएफएसका अध्यक्ष टेकराज पौडेलले हेल्पडेस्कलाइ आगामी दिनमा अझ प्रभावकारी बनाउन अपनाउनु पर्ने नीतिका बारेमा सुझाब दिदै सदा झै आगामी दिनमा आफ्नो र संस्थाको तर्फबाट समर्थन र सहयोग रहने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा सीएन एफएसका पुर्ब उपाध्यक्ष तथा समाजसेवी जितेन्द्र रानाले हेल्पडेस्कका बारेमा आफ्ना जिज्ञासा राख्दै आगामी दिनमा हेल्पडेस्कलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरु सिकागो थारु सोसाइटीका अध्यक्ष इन्द्रकान्त चौधरी, सीएनएफएसका सचिब मिन दर्लामीले हेल्प डेस्कलाइ आ-आफ्नो स्थानबाट सधै सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले हेल्पडेस्क इलिनोइ च्याप्टरका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष बाबुराम सापकोटाले आफ्नो कार्यकाल एउटा स्थापनाको कार्यकाल भएकोले यो समिति निर्माण गर्न सहयोग गर्नु हुने सबै सामाजिक अगुवाहरु, सामाजिक संस्था र संस्थाका प्रतिनिधिहरु लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै कार्यक्रममा आएका सुझाब र सल्लाहहरुलाई आफुले मार्गदर्सनका रुपमा लिएको कुरा व्यक्त गर्दै कार्यक्रममा सहभागी सबै अतिथि र समितिका सदस्यहरुलाई धन्यबाद व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन हेल्पडेस्क इलिनोइ च्याप्टरका सदस्य मधु सागर पौडेलले गर्नु भएको थियो ।

 

उक्त कार्यक्रममा प्रमाण-पत्र पाउनेहरुमा को-अर्डिनेटर बाबुराम सापकोटा तथा सदस्यहरु बिदुर प्रसाद अधिकारी, टुकराज पाठक, निता कार्की, सुमन श्रेष्ठ, अम्बिर थापा र मधुसागर पौडेल हुनुहुन्थ्यो भने समितिका सदस्यहरु बिश्व राइ र सागर पाण्डे ईलिनोई राज्य भन्दा बाहिर हुनु भएको हुनाले प्रमाणपत्र बितरण कार्यक्रममा सहभागिता रहेको थिएन ।

न्युज स्रोत :- हेल्पडेस्क ईलिनोई च्याप्टर

Love to Share :

Leave a Reply