Mon. Oct 21st, 2019

हराउँदै गए ठेट नेपाली लोकभाका

1 min read
<div class="at-above-post addthis_tool" data-url="https://lekbesimusic.com/?p=55"></div>गायक नवराज घोरासैनीले काँठे भाकामा गाएका धेरै लोकगीतहरु निक्कै चल्थे कुनै समयमा । एक समय काठेभाकाका गीतहरुको राम्रो बजार थियो ...<!-- AddThis Advanced Settings above via filter on get_the_excerpt --><!-- AddThis Advanced Settings below via filter on get_the_excerpt --><!-- AddThis Advanced Settings generic via filter on get_the_excerpt --><!-- AddThis Share Buttons above via filter on get_the_excerpt --><!-- AddThis Share Buttons below via filter on get_the_excerpt --><div class="at-below-post addthis_tool" data-url="https://lekbesimusic.com/?p=55"></div><!-- AddThis Share Buttons generic via filter on get_the_excerpt -->
Love to Share :

गायक नवराज घोरासैनीले काँठे भाकामा गाएका धेरै लोकगीतहरु निक्कै चल्थे कुनै समयमा । एक समय काठेभाकाका गीतहरुको राम्रो बजार थियो । तर केहि बर्षयता यस्ता भाका सुनिन छोडेका छन् ।

काठमाण्डू उपत्यका र आसपासका जिल्लाका ठेट लोकगीत काँठेभाका भनेर चिनिन्छन् । तर झण्डै तीन बर्ष भयो काँठेगीत खासै रेकर्ड भएका छैनन् । त्यसको ठाउँ पश्चिमी लोकदोहोरीले ओगटेको छ । कुमार बस्नेत, नवराज घोरासैनी, राम थापा शिशिर, रेशम थापा, घमेश दुलालले काँठे भाका धेरै गाए । तर अहिले उनीहरु हराएका छन् । नयाँ कलाकारले त्यसलाई टिपेनन्, त्यसैले काँठेभाका लोप हुँदैछ ।

काँठेभाका मात्रै होईन, अहिले अरु पनि धेरै भाका हराउँदै गएका छन् । पूर्वको हाक्पारे, पालम, पश्चिमको सालैजो, यानिमाया, सुनिमाया, अविजालेमाया, गल्लालाहुरे, बालन, कौडा र सुदूरपश्चिमको, देउडा र ठाडी भाका हिजोआज उती रेकर्ड हुन्नन् । व्यवसायिक हिसावले धेरै फाइदा नहुने भएपछि यस्ता भाकाका धेरैको मोह घटेको विश्लेषण छ देउडा गायक नन्दकृष्ण जोशी ।

यस्ता ठेटभाकामा धेरैजसो गीत रेडियो नेपालमा रेकर्ड भएका छन् । तर अहिले रेडियो नेपालले समेत यस्ता गीत रेकर्ड गर्न उति जाँगर देखाउँदैन । क्यासेट र सिडीको बजार सेलाएपछि यस्ता पुराना भाका हराउन थाले । ‘अहिले लोकगीतमा नाममा बजारमा आएका गीतमा लोकगीतको कुनै छनक देखिदैन’ नेपालीकला सँग कुरा गर्दै लोककवि तुलसी दिवशले बताउनुभयो ।
बिभिन्न चाडपर्व र रिति रिवाजसँग जोडिएका अरु धेरै मौलिक भाका लोप हुँदैछन् । त्यसैले यस्ता गीत र भाकाको संरक्षणको लागि राज्यले संग्रहालय बताउनुपर्ने माग अहिले धेरै स्रष्टा सर्जकको छ ।

श्रोत: नेपालीकला डटकम

Love to Share :

Leave a Reply