Mon. Jul 22nd, 2019

सृजना थापा खनालको तीज गीतको कोशेली “केल्ले सुहायो मलाई” ।

1 min read
Love to Share :

 

 

बारी राम्रो तोरीले
घर उज्यालो छोरीले
केल्ले मलाई सुहायो फुर्के डोरीले…
पिँडी राम्रो झाँतोले
घरको सोभा ढिँकीले
केल्ले मलाई सुहायो रातो टिकीले…।

हो चेलीहरूलाई सुहाउने नै ओठमा लालीले, निधारमा टिकाले, आँखामा गाजलले, हातमा चुराले, गलामा पोतेले, पहिरनमा चोली र साडीले नै हो ।

चेलीहरूको महान चार्ड पर्ब हरितालिका तीज नजिकै छ । यसै क्रमसंगै तीजगीतहरू पनि मार्फत युट्युब सांगीतिक बजारमा आउन थालेका छन ।

 

संचारकर्मीको रूपमा आफुलाई चिनाउन सफल सृजना थापा खनाल अघिल्लो बर्ष जस्तै यस बर्षको तीजमा पनि “केल्ले मलाई सुहायो” बोलको तीज गीतको कोशेली बजारमा ल्याएकी छन । गीतमा कुनै तडक भडक नभई सामान्य गाउकै ढिकी, झाँतो, तोरी बारी, रातो टिका, काजल, साडी ईत्यादी एथार्थलाई सब्द मार्फत गीतबाट ब्यक्त गरेकी छन । यस गीतमा सब्द, सँगीत र स्वर सृजना थापा खनाल कै रहेको छ भने गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालले युट्युब मार्फत बजार ब्याबस्थापन गरेको छ ।

यस म्युजिक भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुने भने भिडियोमा बिन्दु खड्का र सुमित्रा तामाँग अभिनय अनि नृत्य गरेका छन । भिडियो छायाँकन मिराज अर्याल र सम्पादन बिवेक खड्काको रहेको छ । साथै गीतको एरेन्जर तेजेन्द्र गुरूँगले गरेका छन ।

 

सृजना थापा खनालको “केल्ले मलाई सुहायो” बोलको तीज गीत सरल र एथार्थ बोकेको गीत हो जसमा सबै पक्ष सरल रूप मै श्रब्य दृश्यमा कैद गरिएको छ । गीतमा संख्या कतिले हेर्यो भन्दा पनि कतिले हेरेर मन पराए र माया दिए भन्ने नै सबै भन्दा राम्रो पक्ष हो । जहा स्रोताको माया आज भोली गीत संगीतमा खड्की रहेको छ । गीत राम्रो बनेको छ त्यसैले लेकबेशी म्युजिक डट कमको तर्फबाट सफलता र स्रोताको माया थोरै होस तर पनि आघात माया मिलोस शुभ कामना ।

केल्ले मलाई सुहायो (सृजना थापाको तीज गीत)

Love to Share :

Leave a Reply