Sun. Aug 25th, 2019

रामचन्द्र चन्दको सालैजो “आईयो रोधी”

1 min read
Love to Share :

“एक”

ए हो माया…
हेर्दैमा राम्रो तम्घासको बजार
सालैजो
रेसुँगा छ लेकैमा ।
मायालाई भेट्न म धाउदै आको
सालैजो
यो पहाडी भेकैमा ।
सुनैको गजुर
सुन मेरो हजुर…
ए सालैजो यो पहाडी भेकैमा…।

ज्यान कै फोटो राखेर गोजीमा
आईयो रोधी माया कै खोजीमा ।
“दुई”

ए हो माया…
उडीमा आयो मालचरी बगाल
सालैजो
बस्यो बाँसको झाँगैमा ।
चन्चले मनलाई नडुलाउ सानु
सालैजो
यो ज्यान तिम्रै नामैमा ।
सुनैको गजुर
सुन मेरो हजुर…
ए सालैजो यो ज्यान तिम्रै नामैमा ।
फुल नभेटी तड्पेको मौरी झै
तिम्रै पिरले ज्यान भयो लौरी झै ।
“तिन”

ए हो माया…
उर्लीमा आयो त्यो काली गँगा
सालैजो
वारीपारी बगर
तिम्रै छेउ आउछु बस्नलाई सानु
सालैजो
नचिने झै नगर
सुनैको गजुर
सुन मेरो
ए सालैजो नचिने झै नगर ।

गोठमा पराल बारीमा खर भो
छोड्छौ की त यही मलाई डर भो ।
छोड्छौ कि त…
यही मलाई डर भो ।
यही मलाई डर भो ।
यही मलाई डर भो ।
…………………………………………………

हजुर… माथीका हरफ यो समिक्षकको होइनन् । यि हरफ हुन लोक दोहोरी गायक रामचन्द्र चन्दको पछिल्लो सालैजो गित “आईयो रोधी” भन्ने गितबाट साभार गरिएको हो ।

गुल्मी जिल्ला जहाँ रूखका हाँगा हाँगा र पात पात, बारी र काल्ना काल्ना, बन जँगल, गाउ गाउका बस्ती बस्तीहरूमा लोक तथा दोहोरी गितहरू प्रत्येक मन मष्तिश्कमा छचल्किने र घन्किने गर्दछन । गित सँगितको बारेमा गुल्मी जिल्ला उर्बर स्थल हो । जहाँ प्रत्येक ब्यक्ती ब्यक्तीको मन मुटु र नशा नशामा गित सँगितको नशाको लत बसेको हुन्छ ।

गुल्मीको रेसुँगा तपोभूमी क्षेत्र जहाँ ऋीषीमुनीहरूले तपस्या गरेको स्थल रेसुँगा तपोभूमी छ । जहाँ पर्यटकहरूको लागी रमणिय क्षेत्र, जुन स्थानमा श्रावण महिना भरी एकादशी मेला लाग्ने गर्दछ र हजारौ तिर्थालुहरूको घुईचो लाग्ने गर्दछ ।

हो यही गित सँगितको उर्बर स्थान रमणिय स्थल गुल्मी जिल्लाको अग्लुङ गा.बि.स.वार्ड न.९ मा २०४३ सालमा बाबा भिमसुन चन्द र आमा पुनम चन्दको कोखबाट जन्मिएका र “समाज शास्त्रमा डिग्री” सम्म अध्ययन गरेका लोक तथा दोहोरी गायक रामचन्द्र चन्द बिगत २०६३ साल देखी गित सँगितको क्षेत्रमा र २०६१ साल देखी सँचारकर्मीको रूपमा हाल सम्म पनि निरन्तर यात्रा गरी रहेका छन । चन्द शिष्ट स्वभाव, सुरिलो श्वर भएका एउटा उदियमान गायक तथा सँचारकर्मी हुन । हालै उनै सफल गायक तथा सँचारकर्मी चन्दले नयाँ साँगितिक कोशेली “आईयो रोधी” नामक सालैजो गितको म्युजिक भिडियो बजारमा आएको छ र यस गितलाई आशिष म्युजिक प्रा.ली.ले बजार ब्यबस्थापन गरेको छ । यस गितमा रामचन्द्र चन्दले गायकीको शुरिलो श्वरमा आफ्नो जादुमय आवाज दिएका छन भने गायिकामा जमुना राना मगरले राम्रो साथ दिएकी छन । यो गितमा लय सृजना तथा शब्द लेखन दुबै चर्चित गायक, शब्द सँकलक र सँचारकर्मी हुम गैरेले गरेका छन । गितको म्युजिक भिडियोमा नरेश र सरिश्माले नृत्य तथा अभिनय रहेको छ । साथै “आईयो रोदी” गितको श्रब्य दृश्यलाई अहिलेकी चर्चित मोडेल तथा निर्देशक स्मृती तिमिल्सेना “गुरू आमा”ले निर्देशन गरेकी छन । यो गितलाई चर्चित तथा सर्बप्रिय दुर्गा पौडेलले छायाँकन गरेका छन भने सम्पादन दिपक बिष्टको रहेको छ ।

अन्तमा… यो पँतिकारको नजरमा…
“आइयो रोदी” नामक यो सालैजो गाउघर मेला पर्बका बेला मगर बस्तीमा गाइने गित हो । यस सालैजो गितलाई गायक रामचन्द्र चन्द तथा गायिका जमुना राना मगरले गायकीमा न्याय दिएका छन भने लय शब्द निर्देशक, अभिनय, र छायाँकन सबै राम्रो र उत्कृष्ट बनेको छ । त्यसैले यो “आईयो रोदी” नामक नयाँ सालैजो गितले सबैको मनमा बास र माया पाओस, गित सफल होस, गित सँगित प्रेमी स्रोताको बिचमा चर्चाले शिखर चुमोस । यो समिक्षक र लेकबेशी म्युजिक डट कम (www.lekbesimusic.com)
को तर्फबाट शुभ कामना अनि बधाई छ ।
———————————–
तपाईहरूलाई फुर्सद हुदा… यो हाम्रो
www.lekbesimusic.com क्लिक गर्दै गर्नुहोला । सहयोगको लागी तपाईहरूलाई धन्यबाद ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला । भिडियो हेरी सके पछी “subscribed” मा क्लिक गर्न नभुल्नु होला । किनकी आज भोली कलाकारले गरेको मेहनत पाउने एउटा मात्रै आधार भनेको SUBSCRIBED बाट नै हो ।

गित सँगितलाई सदैब माया र सम्रक्षण गरौ ।

Love to Share :

Leave a Reply