Mon. Jul 22nd, 2019

सिकागोमा (ONUF) ओएनयुएफको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न ।

1 min read
Love to Share :

 

एनआरएनए अमेरीकाको AGM सभाको मौका पारी सिकागोमा जम्मा भएका ONUF (प्रवासी नेपाली एकता मंच) द्वारा सिकागोको O’ hare होलीडे ईन होटेलमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन ।

केन्द्रीय सदस्य बाबुराम सापकोटाले कार्यक्रम संचालन गरेको उक्त परिचयात्मक कार्यक्रमको अध्यक्षता भने केन्द्रीय सदस्य सरस्वती मुखियाले गरेकी थिईन ।

उक्त कार्यक्रममा ओएनयुएफ अध्यक्ष प्रभु थापा, पुर्ब अध्यक्ष सन्जय थापा, पुर्ब बरिष्ठ उपाध्यक्ष बाला घिमिरे, प्रिति खत्री, उपाध्यक्ष गोपाल कँडेल, उपाध्यक्ष यमुना भट्टराई, कोषाध्यक्ष हेमन्त भेटवाल, काँशीनाथ पौडेल, नारायण कंडेल, जनक राना, तिलक केसी, प्रेम अधिकारी, जीवन जोशी, थोमश बस्तोला, पुरूल्वत्तम बोहरा, छत्रा गुरुंग, कुलमनी आचार्य, सान्ती मोदी, टेकराज पौडेल, केशव दाहाल, बिस्नु न्यौपाने, लगायतका पाहुनाहरुको उपस्थिती थियो । केन्द्रीय सदस्य गोबिन्द खनालले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा माधव ढकालसंगै AGM मा भाग लिन आएका र स्थानिय संगठनका वालाराम पोख्रेल, मधुसुदन पौडेल, घनश्याम भट्टराई, बिस्नु छिमेकी, हेम चौधरी, राज पाठक, लगायत बिभिन्न ब्यक्तिहरूको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा उपस्थित सबैले आफन्नो परिचयका साथ साथै गएको एनआरएनएको चुनाबमा भए गरेका कमी कमजोरी र वास्तविकताका साथ साथै ओएनयुएफ सांगठनलाई कसरी सुदृढ गर्न सकिन्छ र एन.आर.एन. अमेरिकालाई आगामी दिनमा कसरी रचनात्मक सुझाव दिन सकिन्छ भन्ने बारेमा आफ्नो बिचारहरु राखेका थिय । बाबुराम सापकोटाको पहलमा आयोजित उक्त परिचयात्मक कार्यक्रमलाई अध्यक्ष सरस्वती मुखियाले उपस्थित सबैलाई धन्याबाद दिदै कार्यक्रम समापन गरेकी थिईन ।

Love to Share :

Leave a Reply