Sat. Sep 21st, 2019

राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान युरोप शाखाबाट अध्यक्षमा भगवान भुजेल निर्वाचित ।

1 min read
Love to Share :

 

युरोप शाखा । दुर्गा के.सी. पोर्तुगल ।

गीत सँगीतलाई मन नपार्ने सायदै को होला र ? गीत संगीत भने पछि सबै हुरूक्क हुने गर्दछन । तिनै मनोरन्जन दिने सम्पुर्ण कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आगामी मँसिरमा हुने अधिबेशनको लागि अहिले देशको बिभिन्न जिल्ला क्षेत्र बिदेश शाखाहरूमा पनि नयाँ पदाधिकारी छान्नलाई धमाधम अधिबेशनहरू भई रहेका छन ।

यसैक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान युरोप शाखाको पनि दोस्रो अधिवेशन सम्पन्न भएको छ । प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिबेशन लिस्बोनको पोर्तुगलमा हालै सम्पन्न भएको छ। उक्त अबिधेशनले भगवान भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष पुर्ण अर्याल, महिला उपाध्यक्ष बिनिता लामिछाने, उपाध्यक्ष कुलरजान मगर, महासचिवमा सुवासचन्द्र पुन मगर, सचिवमा दिपक बुढाथोकी, सहसचिवमा शिव अकेली, कोषाध्यक्षमा विनु बस्नेत, सहकोषाध्यक्षमा आरसी सापकोटा, प्रवक्ता जे.वी. वली चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा ईमानसिंह बुढामगर, सीता सुवेदी, दुर्गा के सी, गीता रेउले, सन्तोष पौडेल, अँकिता घर्ती, किरणदिप, प्रेम गुरुङ, सन्तोष लामिछाने, लिल गुरुङ, तेज गाहा, दुर्गा थापा, देवा लामा, सम्भु सिलवाल, हरिकृष्ण गोतामे, अमृत कुमार वि क, फणिन्द्र ठकुरी, अर्जुन गैह्रे, अनुसा थापा, विनोद स्पन्दन, रमेश पौडेल, रामराजा सापकोटा, नेत्र कँडेल, अनिता पौडेल र संरक्षकमा राजेन्द्र लम्साललाई चयन गरेका छन ।

उक्त अधिबेशनबाट सल्लाहकारहरुमा अर्जुन कुमार श्रेष्ठ (बेल्जियम), देविदत्त शर्मा (फिनल्यान् ), सिवकुमार बरुवाल (बेल्जिय), घनश्याम पौडेल ( फ्रान्स ), हेमराज शर्मा (फिनल्यान्ड,) कुमार पन्डित( नर्वे) एकराज गिरी (स्पेन), वसन्त घिमिरे (फिनल्यान्ड), जितेन्द्र रायमाझी (चेक रिपब्लिक), मुक्त गुरुँग( स्पेन), लव थापा (जर्मनी), लक्ष्मण रिजाल (नेदरल्यान्ड ), निर्मल अर्याल (फ्रान्स) रहेका छन । नव निर्वाचित कार्यसमितिको कार्यकाल सफल रहोस  लेकबेशी म्युजिक डट कमको शुभ कामना ।

Love to Share :

Leave a Reply