Sun. Aug 25th, 2019

मौलिक सृजनाहरूलाई हत्या गरियो…

1 min read
Love to Share :

लोकगीत सँगितमा बिकृती देखे…

लोक गित सँगितमा हाम्रो मौलिक संस्कृति र संस्कारलाई भन्दा बिकृतीलाई पच्छाएको देखेँ…।

पहिले पहिले हामी सानो थियौ “पछी हामी आफै ठुलो भयौ, हाम्रै शुभ बिबाहमा पनि….त्यसै गरी रत्यौली पनि खेले अरे”.. गाउमा कसैको घरमा बिबाह बर्तबन्धन हुदा जन्ती अम्मिए पश्चात बेहुलाको घरमा साँझ पख गाउघरका चेलीबेटीहरू जम्मा भएर निश्चित घर आगनीमा रत्यौली खेल्ने चलन थियो र अझै पनि बिद्यमान छ । त्यस बेला केटाहरूले रत्यौली खेलेको र नाँचेको हेर्न हुन्न भनेर केटाहरूलाई वरीपरी बस्नै दिदैन थिए । कतै लुकेर हेरेको थाहा पाए भनि पनि लखेटेर डाँडा कटाई दिने चलन थियो । केही बुझ्नै वा सुन्नै परे पनि टाढैबाट रत्यौली गाएको मात्र सुन्न विबस हुन्थ्ये पुरूषहरू, किनभने रत्यौली केबल महिलाहरूको लागी थियो । तर… हेर्नु न आज भोली के पुरूष, के महिला, के दिन, के रात र के बिबाह बर्तबन्धन हरेक पलपलमा सबैलाई रत्यौली छ । टेलीभिजन पर्दा, युट्युब, फेशबुक, समचार जताततै रत्यौलीकै बिगबिगी र बिसँगती कै रजाई छ । सँगितका नयाँ सृजनाहरू सबै तिर रत्यौलीमय भएको छ । रत्यौली भन्दैमा सबै गितहरू पुरूषले गाउनै, सुन्नै र हेर्नै नहुने होइनन् । कतिपय रत्यौली गितहरू राम्रा र हाम्रा संस्कृति भित्र कै सबैले हेर्न र सुन्न मिल्ने मौलिक गितहरू पनि छन ।

वास्तवमा यहाँ मौलिक संस्कृति र चलन चल्तीका गित सँगितहरूको बिजोग अर्थात हरीगती छ, जसलाई जन्मिदै हत्या गर्ने प्रयास गरिन्छ तर कालान्तरमा मौलिक गित सँगित नै जिवन्त हुन्छ । लगन र मेहनत गरेर बनाएका राम्रा मौलिक संस्कृति बोकेका गितहरूको युट्युबमा हेर्नेहरुको समुह कष्टले महिना दिनमा १०,००० (दश हजार) मात्रै पुगेका हुन्छन भने… बिसँगती र बिकृती बोकेका छाडा गित हेर्नेहरूको सँख्या महिनामा झण्डै १०,००००० (दश लाख) काटेको हुन्छ । जुन सँगित जन्मिदै मृत हुन्छ त्यसैलाई मलजल गर्ने स्रोताहरूको समुह छ । भनिन्छ समाजमा पच्ने गित र मौलिक सँस्कृती बोकेको गित भएनन् भन्ने पनि गरिन्छ तर यहाँ नुनको सोझो गर्नेलाई चर्चा र जिउन धौ धौ छ, गित सँगितको फाँटमा भने बिकृत मानशिक सोचलाई हाई हाई र चर्चै चर्चा छ । यो नै सबै भन्दा ठुलो हृदयघात रोग बनेर गित सँगितको फाँटमा प्रबेश गरेको छ ।

जब सम्म बिकृत सृजनाहरूलाई बन्देज लगाइदैन, जब सम्म गित सँगितलाई मध्य नजर गरेर सृजनाको सिमा र हद तोकिदैन तब सम्म यहाँ प्रतिष्ठान,सँघ, सँगठन, समाज र कल्याणकारी सँस्था जे जस्तो जती नामकरण गरेर खुले पनि वास्तविक कलाकारहरूलाई हित हुने कल्पनै गर्न सकिदैन ।

पहिले गित बनेर खल्तीमा (ड्याट) अर्जिनल कपि खल्तीमा राखेर महिनौ कम्पनी धाउनु पर्दथ्यो । कथनकदाचित कम्पनीले गित लियो भने पनि एउटा गित निस्कन झण्डै बर्ष दिन कुर्नु पर्ने अबस्था थियो र त त्यसैले गित सँगितहरू राम्रा र हाम्रा भन्ने सृजनाहरूको आगमन हुने गर्दथ्यो र स्रोताहरूको अाघात माया प्राप्त हुन्थ्यो । तर आज भोलीका गितहरू हिजो गितको काम सकियो, आज बजारमा आयो, हल्ला चल्छ, भोली त बजारमा चर्चै हरायो । सायद लाग्दछ बिकृत गितहरूले बजारमा प्रबेश पाउनु नै आज भोलीका गितहरू यो अबस्थामा आउनु पहिलो कारण हो ।

लोक गित सँगितमा हाम्रो मौलिक संस्कृति र संस्कारलाई भन्दा बिकृतीलाई पच्छाएको देखेँ…। राम्रा र हाम्रा भन्न सुहाउने गित सँगितहरूलाई हेला गरेको महशुस गरे…। राम्रा र मैलिक गित सँगितहरूलाई भुकम्पले भत्काएको जस्तो लाग्यो भने बिकृत र बिसँगतीका गितहरूलाई भुकम्मपमा पनि देश बिदेशबाट राम्रै राहत मिले जस्तो लाग्यो ।

त्यसैले अन्तमा…
जय गित जय सँगित, जय गित जय सँगित !!!

 

सर्जक :- मिन दर्लामी… सिकागो अमेरिका ।

Love to Share :

Leave a Reply