Mon. Dec 16th, 2019

किशोर र रश्मीको “कहिल्यै पनि पुगेन रहर”

1 min read

 

बुर्तिबाँग म्युजिक प्रा.लिको प्रस्तुतिमा बैरागी काइलाको पहिलो झ्याउरे गित गायक तथा सर्जक किशोर खत्री र रश्मी अभिनित “कहिल्यै पनि पुगेन रहर” बजारमा आएको छ ।

 

यो गितमा लोक संगीत क्षेत्रकी चर्चित गायिका शर्मिला गुरुङको सुमधुर स्वर सुन्न सकिन्छ साथै शर्मिलालाई किशोर खत्रीले श्वरमा साथ दिएका छन ।

 

“कहिल्यै पनि पुगेन रहर” बोलको गितको म्युजिक भिडियो गायक तथा सर्जक किशोर खत्रीले पनि रश्मीसँगै अभिनय गरेका छन । साथमा ओवी र निरूताले पनि अभिनय गरेका छन ।

 

म्युजिक भिडियोमा रेशम दर्लामीले क्यामेरा खिचेका छन भने सिर्जन बरालले भिडियो निर्देशन गरेका छन । प्रदिप दाहालले सम्पादन गरेका छन भने भिडियोको दृश्य निर्माण जनता डिजिटल एन्ड फिलिम्सले गरेको हो । यो गितलाई बुर्तिबाङ म्युजिक प्रा.लिले बजार ब्यबस्थापन गरेको छ । यो गितमा शब्द र लय सृजना बैरागी काईलाले गरेका छन ।
रोधी घर बन पाखा गाउदै हिन्थेय लालै
उमेर गयो बैँस ढल्क्यो यो मन अझै बालै ।

 

लेकबेशी म्युजिक डट कमको तर्फबाट किशोर र रश्मी अभिनित “कहिल्यै पनि पुगेन रहर” गित र म्युजिक भिडियोले सबैको मन मुटुमा बास गरोस सफलताको कामना ।

Leave a Reply