लेकबेशी म्युजिक डट कमको “छोटो प्रतिकृया”
1 min read
सर्जक :- मिन दर्लामी
बिदेश, प्रवासमा बसेर नेपाली गित सँगित र संस्कृति अनि लोक दोहोरी गितको नाममा बिकृती र बिसँगती भित्र्याउने अनि फैल्याउनेहरूलाई वा फैलिएको अबस्थालाई मध्यनजर गरेर हामी प्रवासमा बस्ने सर्जकहरूले कृया प्रतिकृया दिन नपाउने नै हो त ? के कुनै गित सँगितको ब्यक्ति अमेरिका बस्दैमा गित सँगित र बिकृतका बारेमा लेख र बिरोध गर्न अनि लेख्नै नपाउने हो त ? अब यस बिषयमा जवाफ खोज्नै पर्ने भयो ।
गित सँगितको क्षेत्र कसैको पेवा होईन, जो जहाँ छ त्यहीबाटै टेवा पुर्याउने हो । पदिय जिम्मेबारी बोकेकालाई चेतना होस ।
यो www.lekbesimusic.com हामीले बिशुद्ध गित सँगितको बारेमा एकल प्रयास अनि प्रबासबाट चलाईएको निष्पक्ष र निस्वार्थको अनलाईनको आँगन हो । यो आगनीमा नयाँ पुराना सबैलाई बराबर स्वागत छ । बिशेष त नयाँको लागी लेकबेशी म्युजिक डट कमको सदैब स्वागत छ । बिकृत र बिसँगती भित्र्याउने गित सँगितलाई कुनै प्राथामिकता छैन ।
हाम्रो उदेश्य जहाँ भए पनि गित सँगितसँग नजिक रहेर टेवा पुर्याउने हो । नेपाल हुँदा प्रत्यक्ष गित सँगित बाटै र टाढा हुदा अप्रत्यक्ष तर अनलाईन आगजनीबाट सँगितप्रेमी र स्रोतासँग नजदिक रहनु हो ।
“जय गित जय सँगित”
मिन दर्लामी
सिकागो, अमेरिका ।