Sat. Sep 21st, 2019

गित सँगितका सर्जक कमल जि सी सह-निर्माता बनेको चलचित्र “बृन्दावन” यही भाद्र १७ मा रिलीज हुदै ।

1 min read
Love to Share :

 
पहिलो पटक फिल्मी खबर लेकबेशी म्युजिक डट कम मार्फत…।

image

 

गित सँगितको क्षेत्रमा अहोरात्र खटिने जेहेन्दर युवा कमल जि सी ले अब सह-निर्मताको रूपमा रुद्राक्ष फिल्मसका ब्यानरमा पहिलो पटक निर्माण गरिएको कथानक चलचित्र “बृन्दावन” भाद्र १७ गते देखी प्रदर्शनको लागी तयार रहेको जानकारी स्वरूप फस्टलुक पोस्टर, अडियो जुकबक्स साथ साथै ताला चाँपी बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको उक्त भिडियोमा शिल्पा पोखरेल र दीपेन्द्र प्रकाश के सी को नृत्य देख्न सकिन्छ । चलचित्रमा किशोर खतिनडा, शिल्पा पोखरेल दीपेन्द्र प्रकाश के सीको मुख्य अभिनय रहेको चलचित्र बिशुद्ध प्रेमकथा र एक्शन झर्रामा निर्माण गरिएको निर्देशक राजकुमार सानेले जानकारी दिएका छन ।

 

रूद्र खनाल निर्माता तथा कमल जि सी सहनिर्मता रहेको चलचित्र बृन्दावनको भने निर्देशन राजकुमार सोनेले गरेका हुन । उनको भनाई अनुसार आफ्नो चलचित्र बिशुद्ध मनोरन्जनको लागी निर्माण गरिएकोले दर्शकको मन जित्ने उनले बिश्वास ब्यक्त गरेका छन । र चलचित्र बृन्दावनको अबको केही दिनमा टेलर सार्वजनिक गरीने बृन्दावन यूनिटले बताएको छ ।

 
यति बेला चलचित्र बृन्दावनको धमाधम पोष्ट प्रोड्रक्सनको काम अन्तिम चरणमा रहेको निर्देशक राजकुमार सोनेले जानकारी दिएका छन ।

 

निर्माता रूद्र खनाल र सहनिर्मता कमल जि सी को यो कथानक चलचित्र बृन्दावनले नेपाली दर्शकहरूको तन, मन जितेर सफलता शिखर चुमोस । बृन्दावन सुपर डुपर हिट होस बृन्दावन युनिटलाई ( www.lekbesimusi.com ) लेकबेशी म्युजिक डट कमको तर्फबाट बधाई अनि सफलताको शुभ कामना ।

 

 

चलचित्र बृन्दावनको म्युजिक भिडियो “ताला चाँबी”

Love to Share :

Leave a Reply